करीब ६ कराेड लगानीमा निर्माणाधीन मर्स्याङ्दी बल्थुम बृहत खानेपानी काे प्रथम साधारण सभा सम्पन्न

गाेरखा, बैशाख ७ ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा निर्माणाधीन मर्स्याङ्दी बल्थुम बृहत खानेपानी उपभाेक्ता समिति काे प्रथम साधारण सभा सम्पन्न भएकाे छ ।

२०७५ सालदेखि गण्डकी प्रदेश सरकारद्वारा बिनियाेजित रकमबाट मर्स्याङदी नदीबाट लिफ्टिङ गरी बल्थुम डाँडामा रिजर्वायर ट्याङकी निर्माण गरी वडा नं. ७ भित्रका सबै घरमा खानेपानी पुर्याउने लक्षका साथ काम भइरहेकाे छ ।

खानेपानी उपभाेक्ता समितिका अध्यक्ष हित बहादुर थापाकाे अध्यक्षतामा सम्पन्न प्रथम साधारण सभामा अध्यक्ष थापाले खानेपानी अायाेजनाकाे बारेमा बिस्तृत जानकारी दिँदै हालसम्म ८५० घरधुरीमा जाेडिसकिएकाे तर अझै केही प्राविधिक काम बाँकी रहेकाे र बैशाख १५ गतेभित्रै सबै काम गरिसकिने बताउनुभयाे ।

पालुङटार नगरपालिकाका नगरप्रमुख इ.दिपकबाबु कंडेलले प्रमुख अतिथिकाे रूपमा बाेल्दै खानेपानीलाइ दिगाे र भरपर्दाे बनाउन सबै उपभाेक्ताहरूले ध्यान दिनुपर्ने बताउनुभयाे । त्यस्तै अाफ्नाे ५ बर्षे कार्यकालमा खानेपानीकाे क्षेत्रमा धेरै काम गरिएकाे बताउनुभयाे ।

कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ, कार्यापालिका सदस्य सावित्रा बि.क., वडा सदस्य भगवती कुमाल, गाेरखा संसार मिडिया प्रा.लि.का सञ्चालक रविन्द्र कंडेल लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै गरी कार्यक्रममा चिजकुमार श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएकाे थियाे भने काेषाध्यक्ष शुशीला श्रेष्ठले अाय व्यय बिवरण प्रस्तुत गर्नुभएकाे थियाे ।

मरस्याङदी नदीबाट पानी लिफ्टीङ गरी १५०० मिटर माथि रहेकाे बल्थुम डाँडामा २०० घनमिटरकाे ट्याङकी निर्माण गरी पानी बितरण गरिएकाे छ ।

 

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.