गाेरखा । जिल्लाकाे गाेरखा नगरपालिका ४ फिनाममा यतिबेला सुन्तला लटरम्म फलेकाे छ भन्दा जाे काेहीलाइ पनि पत्याउन मुस्किल पर्छ । आज लिइएकाे सुन्तला वगैँचाकाे फाेटाे हेर्नुहाेस् ।
गण्डकी प्रदेशका भूमी व्यवस्था, कृषि सहकारी तथा गरिवि निवारण मन्त्रालयका मन्त्री चन्द्र बहादुर बुढा मगर (सागर) ले आज सुन्तला बगैँचाकाे अनुगमन गरेका छन् । जनसेवा सुन्तला जात फलफूल नर्सरीमा किसान अर्जुन प्रताप राणाले सुन्तला खेती गरेका हुन् । पहिलाे चरणमा विउ उत्पादनका लागि खेती गरेकाे र अवका केही वर्षमा फिनामकाे सुन्तला चैत, बैशाख, जेठमा बजारमा विक्रीका लागि पठाइने उनले बताए ।
फरक सिजनमा पनि पहेँलपुर सुन्तला देखेर कृषि मन्त्री मगरले किसानकाे कामलाइ धन्यवाद दिनुका साथै यस्ता खेतीकाे व्यावसायिकरण गर्नुपर्ने बताए । याे सिजनमा विदेशी मुलुकबाट आउने सुन्तला स्वदेशमै फलाउँदा देशकाे अर्थतन्त्रमा र गरिवि निवारणमा सहयाेग पुग्ने बताए । बुधबार गाेरखा आएका मन्त्री मगरले जिल्लाका याेजनाहरुकाे स्थलगत अनुगमन गरिरहेका छन् ।