यसरी हेर्नुहोस् आफ्नो नाम मतदाता नामावलीमा

गाेरखा । सरकारले स्थानीय तहको चुनाव आगामी २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने घोषणा गरेको छ । जनताले पहिलो पटक पाँच वर्षअघि स्थानीय सरकार पाएका हुन् ।

सिंहदरबारमा केन्द्रित अधिकार गाउँघरमै पुगेको छ। स्थानीय तहले छोटै समयमा संघीयता संरचनाको आभाष दिलाएका छन्। अधिकारहरू विकेन्द्रीकृत रूपमा प्रत्यायोजन भएका छन् ।

निर्वाचनको मिति घोषणा भएपछि निर्वाचन आयोगले नयाँ मतदाता नामावली संकलन गर्न बन्द गरिसकेको छ । आइतबार आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । यसले गर्दा आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा तपाईंले भोट दिन पाउनुहुन्छ कि हुन्न ? मतदाता नामावलीमा तपाईंको नाम छ कि छैन? यसरी हेर्न सकिन्छ।

यसरी हेर्नुहोस् आफ्नो नाम छ/ छैन ?

१. सबैभन्दा पहिले तपाई निर्वाचन आयोगको वेवसाइट( https://election.gov.np/np/page/voter-list )  मा क्लिक गर्नुहोस्।

२. त्यसपछि टेबलमा तपाईंको प्रदेश, जिल्ला, आफू बस्ने गाउँपालिका वा नगरपालिकाको नाम छान्नुहोस्।

३. त्यसपछि तपाईंले तल्लो टेबलमा वडा नम्बर र आफूले मतदान गर्ने केन्द्र पनि छनोट गर्नुहोस् । त्यसपछि सबमिट (SUBMIT) लेखेको बटममा क्लिक गर्नुहोस्।

४. त्यसपछि नामावली देखिन्छन्। जहाँ तपाईको नामको पहिलो अक्षरमा क्लिक गर्नुहोस् र वर्णानुक्रम अनुसार आफ्नो नाम भए,नभएको हेर्न सक्नुहुन्छ।

५. यदि तपाईलाई आफ्नो फोटोसहितको पूरा विवरण हेर्ने चाहेमा आफ्नो नाम पछाडि रहेको मतदाता विवरणमा क्लिक गरेपछि आउने नयाँ टेबलमा आफ्नो जन्ममिति वा नागरिकता नम्बर राख्नुपर्छ। त्यससछि चित्रमा दिएको अक्षर खाली ठाउँमा जस्ताको तस्तै लेखेपछि तपाईंको पूर्ण विवरण देखाउँछ ।

गाेरखामा कुल मतदाता सँख्या २ लाख १८ हजार ५६३ जना रहेका छन् ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.