सम्वन्धित पालिकाकाे अनुमतिमा स्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खोल्न सकिने

गोरखा

गोरखा जिल्लामा कोरोना महामारीका कारण बन्द रहेका बिद्यालयहरु अब खुल्ने भएको छ । जिल्ला कोभिड ब्यवस्थापन समिति गोरखाको बिहीबारको बैठकले बिद्यालय सञ्चालन गर्न अनुमती दिएको हो । दोस्रो लहरको कोरोना संक्रमण देखिए संगै बैशाख १४ गतेदेखी जिल्ला भित्रका निजी तथा सामुदायिक बिद्यालयहरु बन्द छन् । बन्दका बिच बिद्यालयले बिद्यार्थीहरुलाई अनलाइन कक्षा सञ्चालन गरेको भएता पनि प्रभावकारी नभएको भन्दै गुनासो आउन थाले पछि बिद्यालय खुल्ला गर्न अनुमती दिइएको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

विद्यालय खोल्नका लागी अब सम्वन्धीत पालिकाले अनुमती दिएको खण्डमा स्वास्थ्य मापदण्ड पालना गरेर खोल्न सकिने भएको छ ।
जिल्लाको केही स्थानीय तहले केही विद्यालय संञ्चालनमा ल्याएको भएता पनि अधिकाशं बिद्यालय अहिले पनि बन्द नै छन् । जिल्ला कोभिड ब्यवस्थापन समितिको यो निर्णय संगै अब गोरखाका अधिकाश विद्यालयहरु सञ्चालनमा आउन सहज भएको निजी तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) गोरखाका अध्यक्ष सिताराम तिवारीले बताउनुभयो। बिद्यालय खुल्ला गर्ने निर्णयको स्वागत गर्दै अध्यक्ष तिवारीले बिद्यालय बन्द हुदा बिद्यार्थीहरुको पठन पाठनमा समस्या भईरहेको बताउनुभयो ।

मन्त्रालयले तयार पारेको बिद्यालय सञ्चालन कार्य बिधी अनुसार बिद्यालय सञ्चालन गर्न निजी तथा आवासीय बिद्यालय अर्गनाइजेन तयार रहेको उहाँको भनाइ छ । जिल्लामा ४६ संस्थागत बिद्यालय र ४४४ वटा सामुदायिक बिद्यालय छन् । त्यसमा संस्थागत बिद्यालयमा करिब १५ हजार र सामुदायिक बिद्यालय तर्फ करिब ६० हजार बिद्यार्थीहरु अध्ययनरत रहेको शिक्षा बिकास तथा समन्वय इकाईका इकाई प्रमुख खेमराज पौडेलले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.