१८ भाद्र, गाेरखा ।
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा नेपाली कांग्रेसकाे वडा सभापति पदका लागि अाज भएकाे मतदान प्रक्रियाबाट कृष्णजी श्रेष्ठ विजयी भएका छन् ।
लामाे समयसम्म सहमतिकाे प्रयास गर्दासमेत सहमति जुटन नसकेपछि निर्वाचन प्रक्रियमा पुगेकाे थियाे । नवनिर्वाचित सभापति श्रेष्ठकाे पक्षमा ६७ मत परेकाे थियाे भने उहँाका प्रत्यासी मान बहादुर थापा काे ६१ मत अाएकाे थियाे ।
थापा इन्डियन अार्मीका भू.पू. सैनिक हुन भने श्रेष्ठ नेपाल प्रहरीका भू.पू. प्रहरी हुन ।
त्यस्तै नगरपालिकाकाे वडा नं. ६ मा पुन नारायण श्रेष्ठ सर्वसम्मत भएका छन भने वडा नं. ८ मा क्षेत्रजंग भण्डारी सर्वसम्मत रूपमा सभापति चयन भइसकेका छन् । त्यस्तै अन्य केही वडाहरूमा सहमति भएका छन भने केही वडाहरूमा निर्वाचन भएका छन् ।
वडा कार्यसमितमा एक सभापती, दुई उपसभापती, दुई सचिव र दुई सहसचिव सहित २२ जनाको कार्यसमिति निर्माण गरिने मुख्य निर्वाचन अधिकृत वेदबहादुर महतले जानकारी दिए । निर्वाचित सदस्यहरुबाट कार्यसमितिले कोषाध्यक्ष चयन गर्नेछ ।
जिल्लाका कुल ११ स्थानीय तहमा ९४ वटा रहेका छन् ।
जिल्लाका ११ वटा स्थानीय तहमा गरी झण्डै १२ हजार क्रियाशिल सदस्य रहेकाे काँग्रेसका दावी छ । आजकाे वडा अधिवेशनबाट झण्डै १ हजार ७०० क्षेत्रिय प्रतिनिधि चयन हुनेछन् । वडा अधिवेशन सकिएपछि पूर्व निर्धारित कार्यक्रम अनुसार पालिका, प्रदेश सभा, प्रतिनिधि सभा, जिल्ला, प्रदेश र केन्द्रिय कार्यसमितिको निर्वाचन गर्ने नेपाली काँग्रेसको कार्यतालिका छ । काेराेना सङक्रमणकाे भय कायमै रहेपनि काँग्रेसकाे अधिवेशन कार्यक्रम भने निरन्तर चलिरहेकाे छ ।