इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीका इन्चार्ज बने “जेष्ठ” महिनाको उत्कृष्ट प्रहरी

गाेरखा, असार ८,

गाेरखाकाे पालुङटार नगरपालिका ठाँटीपाेखरीस्थित इलाका प्रहरी कार्यालका इन्चार्ज साेमदास ढकाल जेष्ठ महिनाकाे उत्कृष्ट प्रहरी बन्नुभएकाे छ ।

२०७८।०३।०७ गते एक कार्यक्रमका बिच निज प्रहरी निरीक्षक सोमदास ढकाललाई प्रोत्साहन स्वरुप नगद रु.१,५००।– (एक हजार पाँच सय) पुरस्कार सहित निजलाई यस कार्यालयबाट २०७८ साल “जेष्ठ” महिनाको उत्कृष्ट प्रहरी (Best Police Of The Month) घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय गाेरखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ ।

                                                           जिल्ला प्रहरी कार्यालय गाेरखाकाे प्रेस बिज्ञप्तिः

नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रहरी कार्यालय गोरखा

Email:- [email protected]

मिति :२०७८/०३/०७ गते ।

“जेष्ठ महिनाको BEST POLICE OF THE MONTH घोषित” :-

जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्ला भित्रमा कार्यरत प्रहरीहरु मध्ये उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप निरन्तर पुरस्कृत र सम्मान गर्ने कार्ययोजना बमोजिम यस जेष्ठ महिनामा उत्कृष्ट प्रहरी कर्मचारीको रुपमा ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीमा कार्यरत प्रहरी निरीक्षक सोमदास ढकाललाई पुरस्कृत गरिएको छ, जस अनुसार निज प्रहरी निरीक्षक सोमदास ढकालले आफुलाई तोकिएको जिम्मेवारी अनुशासनमा रही ईमान्दारिताका साथ उत्कृष्ट ढंगबाट कार्य सम्पादन गरी आम जनसमुदायमा प्रहरी प्रतिको छवि सकारात्मक बनाउने तर्फ सदैव प्रयत्नशील रहेको पाईएको साथै COVID-19 को कारण भएको निषेद्याज्ञालाई कार्यान्वयन गराउन सक्रिय भूमिका निर्वाह गरेको, मिति २०७८।०२।२७ गते जिल्ला गोरखा, पालुङटार न.पा. वडा नं. ७ मा अवैध रुपमा ट्रयाक्टरमा ल्याउँदै गरेको साल जातको काठ गोलिया थान -२५ बरामद गरेको तथा अवैध रुपमा दोहन भएका नदीजन्य पदार्थ नियन्त्रण गरी कानूनी दायरामा ल्याएको र पालुङटार नगर क्षेत्र र ईलाका प्रहरी कार्यालय ठाँटीपोखरी मातहत प्रहरी इकाईहरुको नियमित अनुगमन गर्नुका साथै त्रुटि रहित तवरले विभागीय नीति निर्देशन अनुरुप कुशलतापूर्वक कार्य सम्पादन गर्दै अपराध अनुसन्धान तथा नियन्त्रण तर्फ उल्लेखनिय भूमिका निर्वाह गरेकोले मिति २०७८।०३।०७ गते एक कार्यक्रमका बिच निज प्रहरी निरीक्षक सोमदास ढकाललाई प्रोत्साहन स्वरुप नगद रु.१,५००।– (एक हजार पाँच सय) पुरस्कार सहित निजलाई यस कार्यालयबाट २०७८ साल “जेष्ठ” महिनाको उत्कृष्ट प्रहरी (Best Police Of The Month) घोषणा गरिएको र भविष्यमा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कृत गरिने व्यहोरा समेत जानकारी गराईन्छ ।

थप जानकारीको लागि

प्र.ना.उ. प्रकाश दाहाल

सूचना सम्प्रेषण अधिकृत

सम्पर्क नं. :- ९८५६०६११९०

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.