कहिले पूर्णता पाउला गण्डकी प्रदेश सरकारले ?

गण्डकीमा नयाँ सरकार गठनका लागि निर्णायक बनेका मन्त्री गुरुङले यसअघि पनि पुर्वप्रधानमन्त्री भट्टराईलाई भेटेपछि गठबन्धन (नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमाेर्चा)लाई साथ दिने निर्णय गरेका थिए । उनले भट्टराईलाई भेटेपछि आफू संलग्न सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बालाई विश्वासको मत नदिएका कारण गण्डकीमा कांग्रेस नेतृत्वको नयाँ सरकार गठन भएको हो ।

मनाङेले भौतिक पूर्वाधार मन्त्रालयको नेतृत्व गर्नु जरुरी देखिएकाे बताएका छन् भने जसपाले अर्थसहित २ मन्त्रालय दिने मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पाेखरेल र मन्त्री हरिशरण आचार्यवीच सहमति भएकाे छ । मन्त्री आचार्य कांग्रेस सहमतिबाट भाग्न खाेजेकाे आराेप लगाएका छन् ।

२ सांसद रहेकाे जसपाका नेताहरूमा आन्तरिक लडाँड जारी रहेकाे समयमा  मनाङे कांग्रेसले जसपालाई धोखा दिन नहुने तर्क गरेका छन् । मनाङे भने कांग्रेसका सभापति शेरबहादुर देउवा, केन्द्रका अध्यक्ष प्रचण्ड र  जसपका भट्टराईलाई भेटेर राजनीतिक छलफल गर्न थालेका छन् ।

प्रदेशमा मुख्यमन्त्री सहित ४ जनाले मन्त्रीकाे सपथ खाइसकेपछि मन्त्रालय भागबन्डा लगाउन नसकेका मुख्यमन्त्री भने काठमाडाैं आउने याेजना थियाे । तर उनी काठमाडाैं आएन । मनाङे भने मनाङका विभिन्न क्षेत्रमा बाढिपहिराेबाट प्रभावितलाई उद्दार तथा राहातकाे निउमा काठमाडाैं आएका हुन् । उनले सरकारले कहिले पूर्णता पाउछ भन्ने प्रश्नमा एक अनलाइमा अन्तर्वाता दिदैं  भनेका छन् -‘म नगएर पूर्णता पाउन रोकिएको हो । म जाने वित्तिकै पूर्णता पाइहाल्छ ।’

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.