गोरखकाली रबर उद्योगलाई नीजि क्षेत्रको लगानीमा सञ्चालनका लागि प्रस्ताव आव्हान गर्ने

गोरखा । अर्थमन्त्री विष्णु पौडेलले लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलाई नीजि क्षेत्रको लगानीमा सञ्चालनका लागि प्रस्ताव आव्हान गर्ने घोषणा गरेका छन् ।

शनिबार आर्थिक बर्ष २०७८/०७९ को बजेट तथा कार्यक्रम सार्वजनिक गर्दै उनले सो रबर उद्योग लगायत भृकुटी कागज कारखाना, वीरगञ्ज चिनी मिल, बुटवल धागो उद्योगलगायतका न्यून सञ्चालनमा तथा बन्द अबस्थामा रहेका उद्योगलाई नीजि लगानीमा सञ्चालन गर्न प्रस्ताव गर्ने घोषणा गरेका हुन् ।

गोरखा नगरपालिका १३ मझुवा देउरालीमा रहेको सो रबर उद्योग बिगत ६ वर्षदेखि बन्द छ । त्यसअघि पनि निरन्तर संचालनमा आउन नसकेको उद्योगले भूकम्पछि टायर उत्पादन गर्न सकेको छैन ।

स्वदेशमै टायर उत्पादन गरेर विदेशी आयात घटाउने उदेश्यले २०४१ सालमा उद्योग स्थापना भएको थियो । तर, टायर उत्पादनलाइ निरन्तरता दिन नसकेपछि उद्योग धरासायी बन्दै गएको छ ।janachaso.com

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.