धुवाँकाेटमा अक्सिजन सिलिन्डरसहित लाखाैंकाे स्वास्थ्य सामग्री सहयाेग

जेठ १७, गाेरखा ।

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ८ धुवाँकाेटमा लाखाैंकाे स्वास्थ्य सामग्री सहायतास्वरूप प्राप्त भएकाे छ । साेही वडा घर भइ हाल काठमान्डाै निवासी जीवन बाबु श्रेष्ठले  बिश्वब्यापी महामारी काेभिड १९ दाेश्राे लहरकाे समयमा नियन्त्रण र राेकथामकाे निमित्त सम्सारा रेमिट प्रा.लि.काे तर्फबाट  धुवाँकाेट स्वास्थ्य चाैकीकाे लागि ५ थान अक्सिजन सिलिन्डर,अत्यावश्यक अाैषधि,पि.पि.इ. लगाएतकाअन्य स्वास्थ्य सुरक्षा सामाग्रीहरु उपलब्ध गराई सहयाेग उपलब्ध गराउनुभएकाे धुवाँकाेट स्वास्थ्य चाैकीका इन्चार्ज लक्ष्मण श्रेष्ठले बताउनुभयाे ।

अाजै धुवाँकाेट स्वास्थ्य चाैकीमा अाइ उहाँले वडाध्यक्ष शंकरराज कंडेलकाे राेहबरमा साे सामग्रीहरू प्रदान गर्नुभएकाे हाे । यस विपदकाे समयमा अत्यावश्यक सामग्रीहरू प्रदान गरेर सहयाेग गरेकाेमा वडाध्यक्ष कंडेलले धन्यवाद प्रदान गर्नुभएकाे थियाे ।

श्रेष्ठ सम्सरा रेमिट प्रा. लि. का कार्यकारि उपाध्यक्ष समेत हुनुहुन्छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.