पालुङटार नगरपालिकाका नगरप्रमुख ई. दिपक बाबु कडेलले सम्पुर्ण साईकलिस्टहरुलाई लिगलिगे साईकल दौडमा भाग लिन आह्वान गर्नुभएको छ । नगरप्रमुख कडेलले पालुङटार नगरपालिकाको मेन मोटो भनेको स्पोट्स टुरिजम भएको भन्दै पालुङटार नगरपालिकाको आयोजना र सहकार्यमा सञ्चालन हुन लागेको प्रथम ऐतिहासिक लिगलिगे साईकल दौडमा भाग लिन आह्वान गर्नुभएको हो । पालुङटार स्पोट्स टुरिजमका लागि सम्भावना बोकेको ठाउँ भएकोले पछिका समयमा यो दौडलाई अन्तराष्ट्रिय दौडका रुपमा विकास गर्न सकिने भन्दै नगरप्रमुख कडेलले लिगलिगे साईकल दौड लिगलिग बासीको पहिचान बन्नेमा विश्वास व्यक्त गर्नुभयो । स्थानिय जनसहभागितामा लिगलिग भिलेज स्पोट्सले आयोजना गर्न लागेको लिगलिगे साईकल दौडले आन्तरिक पर्यटन र वाह्य पर्यटनको पनि उत्थान हुने उहाँको भनाई छ । उहाँले देश बिदेशमा रहनुभएका साइकल दौड सँग आकर्षित मान्छे र साइकलिस्टहरुलाई लिगलिगे साइकल दौडमा सहभागि हुन अपिल गर्नुभएको छ । सोहि अवसरमा उहाँले साईकल दोडमा सहभागि भएर यहाँको मनोरम प्राकृतिक छटाहरु सँग र मनोरम दृष्य सँग आनन्द लिन अपिल गर्नुभएको छ ।
साइकल दौडको लागि २५/३० जनाले नाम दर्ता गराइ सक्नुभएको दौडको तयारी तिव्र पारिएको लिगलिग भिलेज स्पोट्स क्लबका अध्यक्ष सञ्जिब रानाले जानकारी दिनुभयो । उहाँका अनुसार साईकल दौडमा सार्क गेमका पार्टीसिपेन्टस्हरु र मेडलिष्टस्हरुको समेत उपस्थिती रहने छ । पालुङटार नगरपालिका वडा नं. २ मा रहेको लिगलिगकोटबाट सुरुहुने दौड सिरानचोक गाउँपालिकाको हर्मी, वयापानी, मकुण्डे डाँडा, पालुङटारकै पाथीभरा, मर्दीखोला, भण्डारथोक, आख्लेपुल हुँदै राइनास नगरपालिकाको घर्ती गाउँ, बगैचा, चेपे दोभान हुँदै हवाइग्राउण्ड, तालपोखरी, राधा कृष्ण मन्दीर, बाह्रपिर्के, लुईटेल, बडडाँडा, बिजुलेडाँडा हुँदै लिगलिगकोटमा पुगेर दौड समापन हुने छ । पोर्टसका अध्यक्ष सञ्जीव रानाका अनुसार साइकल दौडले यस क्षेत्रको उजागर गरेर पर्यटनको विकासमा सघाउ पु¥याउनुका साथै वातावरण सम्बन्धमा स्थानीयलाई चेतना पनि जगाउने छ । आयोजकले साइकल दौड अन्तर्राष्ट्रिय मान्यता कायम राखी नेपाल साइक्लिङ सङ्घको राष्ट्रिय नियम अनुसार खेलाइने जनाएको छ । सुनाैलाेपत्रिकाबाट
लिगलिगे साईकल दौडमा भाग लिन नगरप्रमुख ई. दिपक बाबु कडेलकाे अाग्रह
Facebook Comments Box