कक्षा १२ का परीक्षार्थीहरूका लागि अत्यन्तै जरूरी – कक्षा १२ काे परीक्षाकाे लागि माेडेल कस्ताे हुने त ?

९ मंसिरदेखि सुरु हुने कक्षा–१२ को परीक्षाकाे प्रश्नपत्र कस्ताे हुने माेडेल कस्ताे रहने भनेर परीक्षार्थीहरू अन्याेलमा परेकाे बेला परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्र पुरानै माेडेलमा तयार पारिने बताएकाे छ । तर अंकभार भने ४० पूर्णाङककाे मात्र हुनेछ । त्यस्तै गरी परीक्षाकाे समय भने डेढ घण्टाकाे मात्र हुने छ ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले पुरानै ढाँचाका प्रश्नपत्र तयार गरिने बताउँदै भने, “नयाँ मोडेलको प्रश्नपत्र तयार हुँदैन । प्रश्नको मोडेल पुरानै रहन्छ, प्रश्न सङ्ख्या मात्र घट्ने ।”
परीक्षालाई डेढ घण्टा बनाइएकाले प्रश्न सङ्ख्या पनि कम हुनेछन् । “उदाहरणका लागि संक्षिप्त उत्तर लेख्नुहोस् भनेर विगतमा छ वटा प्रश्न सोधिन्थे भने अब तीन वटामात्र सोधिनेछ” उनले थपे, “त्यसैले विद्यार्थीहरु आत्तिनुपर्ने वा अन्योलमा रहनुपर्ने अवस्था छैन ।”
बोर्डले विगतको एक सय पूर्णाङ्कको परीक्षा अब ४० पूर्णाङ्कको लिनेछ । त्यस्तै ७५ पूर्णाङ्कलाई ३० मा, ५० पूर्णाङ्कलाई २० मा र २५ पूर्णाङ्कलाई १० मा झारिनेछ ।
परीक्षा नियन्त्रक शर्माले समय पर्याप्त नभएकाले प्रदेशअनुसार फरक फरक प्रश्नपत्र तयार गर्न नभ्याइए पनि चार, पाँच सेटका प्रश्नपत्र तयार गरिने जानकारी दिए ।

राष्ट्रिय परीक्षा बोर्डले सैद्धान्तिक परीक्षाको अंकलाई शतप्रतिशत मानेर त्यसको ४० प्रतिशत मूल्यांकनका लागि मात्र परीक्षा लिँदै छ । बाँकी ४० प्रतिशत मूल्यांकनमा कक्षा ११ को नतिजालाई आधार बनाइनेछ । र, २० प्रतिशत आन्तरिक मूल्यांकन हुने गरी कार्यविधिमा उल्लेख छ ।

कोभिड–१९ का कारण विद्यार्थीलाई परीक्षा दिन सहज बनाउने उद्देश्यले तीन घन्टाको साटो डेढ घन्टा समय र ४० प्रतिशत मात्र मूल्यांकन गर्न लागिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.