नेपाल मार्शल आर्टस हाप्किडो संघको गाेरखा अध्यक्षमा राजन आले मगर चयन

असोज २८, गाेरखा । नेपाल मार्शल आर्टस हाप्किडो संघको गाेरखा अध्यक्षमा राजन आले मगर चयन भएका छन् । गोरखा सदरमुकाममा बुधबार भएको भेलाले आले मगरको अध्यक्षतामा ११ सदस्यिय  गोरखा जिल्ला स्तरीय नेपाल मार्शल आर्टस हाप्किडो संघ गठन गरेकाे हाे।

भेलाले संघको उपाध्यक्षमा सकुन थापा मगर, राजेन्द्र बयलकोटी, सचिवमा रिजन बि.क र कोषाध्यक्षमा अनिष अर्याल चयन गरेको छ । नवगठित समितिको सदस्यहरुमा साबित्रा थापा, सन्तोष गुरुङ, हितमान तामाङ, सुवाष कुमाल, बिक्रम गुरुङ रेहका छन् ।

भेलालाइ सम्बाेधन गर्दै नेपाल मार्शल हाप्किडो संघका केन्द्रिय अध्यक्ष तथा दक्षिण एसिया हाप्किडो महासंघकाअध्यक्ष काली बहादुर घर्तीमगरले विभिन्न जिल्लाहरुमा समिती गठन संगै गोरखा जिल्लामा पनि यसको बिस्तार गरिएको बताए ।

‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ नारालाई आत्मसाथ गर्दै चेतना,जागरण, शिक्षा,उत्पादन, व्यवसायी र रोजगारीलाई जोड्दै समाज परिवर्तन विकास र समृद्धिलाई हाप्किडो खेल अगाडी बढाउने आफुहरुको प्रत्यन्न रहेको उनले बताए ।

नेपाल मार्शल आर्ट्स हाप्किडो संघ गण्डकी प्रदेशका उपाध्यक्ष तारामाया थापामगर को अध्यक्षतामा भएको कार्यक्रम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा जिल्ला सचिवालय सदस्य सानुमाया बस्नेत, गोरखा जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष सुदिप नगरकोटी, शान्तासिंह बस्नेत, अनेरास्ववियू गोरखा जिल्ला संयोजक सन्जिव थापामगर, नेपाल मार्शल हाप्किडो संघ गण्डकी प्रदेश सदस्य तथा हाप्किडो राष्ट्रिय खेलाडी कृति गिरी लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.