Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
श्रेष्ठद्वारा बाल आश्रमलाई खेलकूद सामाग्री हस्तान्तरण

श्रेष्ठद्वारा बाल आश्रमलाई खेलकूद सामाग्री हस्तान्तरण

आँबुखैरेनी, तनहुँ ।
तनहुँ आँबुखैरेनीका युवा व्यवसायी अभियान श्रेष्ठले राष्ट्रिय बाल दिवसको अवसरमा आज बरादीमा रहेको बाल आश्रमलाई खेलकूद सामाग्री हस्तान्तरण गर्नुभएको छ । आँबखैरेनी गाउँपालिका वडा नं. १, बरादीमा रहेको एभरेष्ट लर्निङ एकेडेमी (बाल आश्रम तथा हेरचाह केन्द्र)लाई खेलकूद सामाग्री अन्तर्गत २ थान फुटबल र १० थान जर्सी हस्तान्तरण गर्नुभएको हो । मिलन समाज युवा क्लबका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले बाल आश्रममा रहेका बालबालिकाहरु समक्ष केक काटेर बाल दिवस मनाउनुका साथै, फलफुल समेत बितरण गर्नुभएको थियो ।
Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.