गोरखामा ३२० विद्यालय भवन निर्माण सम्पन्न

राजेन्द्र न्यौपाने
गोरखा, ११ असार ।

भूकम्प पछि क्षतिग्रस्त भएका जिल्लाका ४९० विद्यालय मध्ये ३२० विद्यालय भवनहरु निर्माण सम्पन्न भएको छ । ५५ विद्यालयको पुर्वाधारका विभिन्न संरचनाहरु आ.व. ०७७।०७८ मा बन्ने भएको छ ।
शिक्षा तर्फको केन्द्रिय आयोजना कार्यान्वयन इकाई गोरखाबाट प्रस्ताव भए अनुसार राष्ट्रिय पुननिर्माण प्राधिकरणले आ.व. ०७७।०७८ का लागि जिल्लाका ५५ वटा विद्यालय भवन विद्यालय व्यवस्थापन समिति मार्फत निर्माण गर्ने, ७० वटा विद्यालयमा शौचालय निर्माण गर्ने र ७० वटा विद्यालयमा खानेपानी आयोजना निर्माण गर्ने योजना स्वीकृत गरेको छ ।
चालु आर्थिक वर्षमा नै बन्नु पर्ने यी विद्यालयहरु अर्थ मन्त्रालयले बजेट स्वीकृत नगरेका कारण ढिला भएको हो ।
जिल्लामा विद्यालय व्यवस्थापन समिति मार्फत ३४२, दातृ निकाय र मित्रराष्ट्र मार्फत ८० र विभिन्न संघ संस्था मार्फत ३५ विद्यालय गरी ४५७ विद्यालयहरु निर्माण सम्पन्न हुने अवस्थामा रहेको कार्यान्वयन इकाई गोरखाका प्रमुख विष्णु प्रसाद मिश्रले जानकारी दिए ।
चीन सरकारको सहयोगमा बन्न लागेको सिञ्जाली मा.वि. ताक्लुङको विद्यालय भवनको सर्वे अझै हुन सकेको छैन ।
भूकम्पका कारण जिल्लाको ४९२ विद्यालयका ३०५२ कक्षाकोठा पुर्ण र १०८५ कक्षाकोठा आंशिक क्षति भएका थिए । हाल सम्म ३२० विद्यालय निर्माण सम्पन्न भएका छन् । ८३ विद्यालय निर्माणाधिन र ५५ विद्यालय निर्माणका लागि सम्झौताको क्रममा रहेको इकाइका प्रमुख मिश्रले बताए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.