घाँस उत्पादन आफैले गरेकाले लकडाउनमा पनि समस्या छैन तर ……….

गाेरखा संसार

१८ वैशाख, गोरखा ।

पालुङटार नगरपालिका–७ च्याङली स्थित कामधेनु गाईपालन केन्द्रमा अाफैले घाँस उत्पादन गरेकाले लकडाउनमा पनि खासै समस्या भएकाे छैन । तथापी दाना ल्याउन र पैसा पठाउन भने केही समस्या भएकाे छ ।

लकडाउनका कारण देशैभरका कृषकहरू समस्यामा परेका र कतिले  पशुपालन व्यवसाय नै छाडन पर्ने अवस्था सम्म पुगेका बेला कामधेनु गाइ पालन केन्द्रमा भने बैैंक मार्फत पैसा पठाउनकाे लागि समयमा बैंक नखुल्ने र पैसा पठाएकाे एक सातापछि मात्र दाना अाउने हुँदा केही सामान्य समस्या मात्र भएकाे सञ्चालक राजेन्द्रराज पन्तले बताउनुभएकाे छ ।

उक्त गाईफार्ममा अहिले २ सय २० वटा गाई छन् । जसमध्ये १ सय १० वटाले दुध दिन्छन् ।

‘लकडाउनले गर्दा चाहिएजति दाना चोकर अनि पराल ल्याउन पाएको छैन, त्यही खुवाउन नसकेर दिनको चार सय लिटर दुध घाटा भइरहेको छ,’ उहाँले बताउनुभयाे ।
नारायणगढ, वीरगञ्ज, काठमाडौंलगायतका ठाउँबाट दाना ल्याउनुपर्ने भएकाले समस्या भएको उनले बताए । दानाका लागि अग्रिम भुक्तानी गर्नुपर्ने कारण थप समस्या भएको उहाँकाे भनाइ छ ।

‘पैसा नदिएसम्म दाना पठाउँदैन, पैसा पठाएको एक हप्तापछि बल्ल दाना आउँछ, तर अहिले लकडाउनले बैकसम्म पुग्न पनि समस्या, फेरि बैकहरु सधैं खुल्दैनन्,’ उहाँले बताउनुभयाे ।

घाँस उत्पादन आफैले गरेकाले खासै समस्या  नभएको उहाँकाे भनाइ छ । उनले करिव २ सय ४० रोपनी क्षेत्रफलमा विभिन्न जातका घाँस लगाएका छन् । लकडाउनको समयमा यही घाँसको भरमा गाई पालिएको छ ।

उहाँकाे फार्ममा उत्पादित दुध भक्तपुरको खरिपाटीको डेरीमा जाने र अाफ्नै तीन हजार लिटर क्षमताको दुध चिस्यान केन्द्र पनि छ , त्यसकारण बिक्रीकाे लागि पनि समस्या नभएकाे उहँाकाे भनाइ रहेकाे छ । लकडाउन पछि नजिकैकेा डुम्रे बजारमा अन्यत्रबाट दुध अाउन छाडेपछि दैनिक १ सय ५० लिटर दुध डुम्रे बजारमा समेत दिइएकाे राजीवराज पन्तले बताउनुभयाे ।

गाईपालन गरेर देशभरकै सर्वाेत्कृष्ट किसान बन्नुभएका पन्तले २०५२ सालदेखि गाईपाल्दै आउनुभएकाे हाे ।  तीन सय रोपनी क्षेत्रफलमा फैलिएको उक्त केन्द्रमा २० जनाले काम गर्छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.