बन्दिपुर गाउँपालिकाको वडा न १ स्थित तल्लो नाहाला टोल बिकास सस्थाका गरिब ,श्रमजीवी तथा मजदुर २८ घर परिवारलाई शुक्रबार (आज) राहत वितरण गरिएको छ ।
वडा न १ को नाहाला स्थित बिष्णु मा बि मा करिब केही महीना आगाडी कम्युनिटी भिजिटमा आएका बिद्यार्थी तथा प्राद्यापक सहितको समुहले उक्त राहत सहयोग गरेका हुन् ।जर्जिया प्रान्तको जर्जिया युनिभर्सिटीमा रहेर अद्य्यायनरत बन्दिपुर १ निबासी शेखर नाथ अधिकारीका छोरा पुजन अधिकारी सहितको टोलि ११ जना बिद्यार्थी र प्राद्यापक सहितको समुह भोलेन्टिएरका रूपमा केही समय बिद्यालयमा आएका थिए । उनीहरुको समूहले केही समय त्यस क्षेत्रमा बस्दा याहाको केही ब्यक्तिहरुको अवस्था देखेर गएको र उता पुगेपछि उनिहरुले केही रकम सहयोग स्वरूप यहाँ पठाइको सहजकर्ता तथा बिद्यालयका सहायक प्र अ दामोदर पोखरेलले बताए ।
तेस्रो चरणको राहत अन्तरगत जम्मा नगद सहयोग रु ४८,०००/-(अठचालीस हजार रुपैयाँ मात्र) भएकोमा उक्त सहयोग रकमबाट उनीहरूले नै नामावली पठाएका तल्लो नाहाला टोल बिकास सस्थाका गरिब ,श्रमजीवी तथा मजदुर गरि २८ घर परिवारलाई चामल १ बोरा,साबुन ३,तेल १ पोका र दाल १ के जि गरेर वितरण गरिएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले बताउनुभयो।
कार्यक्रममा बन्दिपुर गाउँपालिका वडा न १ का वडा अध्यक्ष भानुभक्त पोखरेल, कार्यपलिका सदस्य एवं वडा १ का सदस्य सबित्री दवाडी,अमृत शाही,स्थानीय टोल बिकासका अध्यक्ष एवं सदसहरु, बिद्यालय ब्यवस्थापन समितिका हरिकृष्ण अधिकारी,पत्रकार,बन्दिपुर गाउँपालिकाका कर्मचारी,वडा सचीव,स्थानीय बासिन्दा,पार्टी प्रतिनिधि तथा संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियोे ।