Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
श्रेष्ठ दम्पतीले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५ लाख आर्थिक सहयोग गरे

श्रेष्ठ दम्पतीले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५ लाख आर्थिक सहयोग गरे

तनहुँकाे बन्दिपुर गाउँपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण नियन्त्रण तथा उपचार कोषमा पर्यटन ब्यवसायि तथा समाजसेवी एवं रेडियाे बन्दिपुरका अध्यक्ष सन्त कुमार श्रेष्ठबाट एकल रुपमा रु ५ लाख रु ५ लाख आर्थिक सहयोग प्राप्त भएकाे छ ।

तनहुँकाे बन्दिपुर गाउँपालिकाले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु ५ लाख आर्थिक सहयोग प्राप्त भएको छ । पर्यटन ब्यवसायि तथा समाजसेवी एवं रेडियाे बन्दिपुरका अध्यक्ष सन्त कुमार श्रेष्ठबाट एकल रुपमा रु ५ लाख सहयोग प्राप्त भएको बन्दिपुर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरहरी सापकोटाले बताउनुभयो ।कोषको लागि पहिलो चरणमा रु २ लाख ५० हजार खातामा डिपोजिट गर्नुभएकाे छ । त्यसैगरी आइतबार रु २ लाख नगद सहित रु ५० हजारको चेक गाउँपालिकालाइ हस्तान्तरण भएको गाउँपालिकाले जनाएको छ ।विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाईरस संक्रमणको असहज परिस्थितीलाई न्यूनिकरणका लागि पर्यटन ब्यवसायि तथा समाजसेवी सन्त कुमार श्रेष्ठद्धारा बन्दिपुरमा संचालित माउण्टेन रिर्सोटका लेखापाल मनराज बगाले ले सो रकम गाउँपालिका का प्रमुख प्रशासकिय अधिकृतलाइ बाँकी नगद र चेक हस्तान्तरण गरिएको बताउनु भएको छ ।यस किसीमको बिषम परिस्थितीमा गाउँपालिका भित्रका सम्पूर्ण वित्तिय संघ, संस्था, उद्योग, व्यवसायी तथा इच्छुकहरुले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा सहयोग गर्नुहुन गाउँपालिकाले आग्रह गरेको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.