सूचना पाटी विनै आयोजनाको काम हुन्छ, सूचना कसरी पाउने ?

गोरखा संसार
फागुन २७, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ को केन्द्र बिरुवाटार बजार तनहुँको नयाँपुलबाट करीब साढे ३ किलोमिटर को दूरीमा पर्दछ । यस बाटोको स्तरोन्नती गर्ने काम धमाधम भइरहेको छ । करीब ७ किलोमिटरको ग्राबेल गर्ने सो बाटोको काम मध्ये हालसम्म करीब साढे ३ किलोमिटर को दूरीमा काम भइसकेको छ । अहिले भइरहेको गतिमा काम गर्ने हो भने करीब ४,५ दिनमा काम सकिन्छ । तर अहिलेसम्म कहिँ कतै पनि यसको बारेमा सूचना पाटी राखिएको छैन ।

त्यस्तै गरी सोही वडाको आहालेवरमा १३० परिवारका वसोबास गर्न मिल्ने गरी विशाल भवन निर्माणको कार्य पनि शुरु भएको छ । यहाँ काम शुरु गरेर करीब १ बर्ष काम रोकिएर फेरी काम शुरु भएको हो ।

राष्ट्रिय पुननिर्माण परियोजनाको बजेटबाटै काम भइरहेको यस आयोजनाको निर्माणस्थलमा पनि शुरुमा सूचना पाटी राखिएको भए पनि अहिले काम पुन शुरु भएपछि भने सूचना पाटी राखिएको छैन ।
नगरपालिका तथा वडाका २, ३ लाखको योजनामा पनि सूचना पाटीविना काम गर्न दिईंदैन र फरफारक गर्ने क्रममा कठिनाइ हुने गरेको स्थानीय उपभोक्ता समितिका अध्यक्षहरुले बताउँछन । यहाँ त लाखौ, करोडौंको योजनामा पनि सूचना पाटी राख्न नपर्ने कस्तो कानुन हो भन्छन उनीहरु ।
कुनै पनि आयोजना सञ्चालन हुँदा आयोजनाको बारेमा विस्तृत जानकारी सहितको सूचनापाटी राखेर सबैलाई जानकारी दिनु जरुरी हुन्छ । ठूला आयोजनाहरुमा त सूचना पाटी राख्नकै लागी बजेट बिनियोजन समेत छुट्याइएको हुन्छ तर सूचना पाटी नै नराखी काम गर्दा समेत कसैको ध्यान जान सकेको छैन ।
आफ्नो वडाका सबै विकास गतिविधीहरु नियालिरहेका वडाध्यक्ष वसन्त कुमार श्रेष्ठ समेत यस बारे अनभिज्ञ रहेको बताउनुहुन्छ । ३ लाखभन्दा माथिको कुनै पनि आयोजना सञ्चालन गर्दा सूचना पाटी राख्नुपर्दछ, यहाँ किन राखिएन मलाई पनि थाहा भएन म राख्न लगाउँछु भन्ने सहज उत्तर दिनुहुन्छ वडाध्यक्ष श्रेष्ठ ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.