पालुङ्टार नगरपालिकाको परीक्षा कोरोनाका कारण २८ गतेदेखि नै शुरु हुने, रुटिङ सहित

गोरखा संसार
फागुन २१, गोरखा ।
पालुङ्टार नगरपालिका अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाले कोरोनाका कारण सार्वजनिक गरिसकेको परिक्षा तालिकामा परिवर्तन गरी फागुन २८ देखि नै परीक्षा सञ्चालन गर्ने भएको छ । कोरोनाका कारण विश्वका विभिन्न देशमा धेरै मानिसको ज्यान गइसकेको अवस्थामा नगर शिक्षा शाखाले परिमार्जित परीक्षा तालिका सार्वजनिक गरेको हो । शिक्षा मन्त्रालयको निर्देशनअनुसार चैत ५ गतेभित्र सक्नुपर्ने भएका कारण परीक्षा तालिकामा परिमार्जन गरिएको शिक्षा शाखाका शाखा अधिकृत एवं परीक्षा समन्वय समितिका सदस्य माधव पोख्रेलले बताउनुभयो । नगरपालिकास्तरीय रुपमा सञ्चालन हुने कक्षा ५ र ८ को परीक्षा तालिका परिमार्जन गरिएको र अन्य कक्षाहरुको परीक्षा पनि सोही समयमा सञ्चालन गर्न सवै विद्यालयहरुलाई निर्देशन गरिएको पोख्रेरलले बताउनुभयो ।

कुन परीक्षा कहिले हुने त ? हेर्नुहोस रुटिङ

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.