बीमा अभिकर्ताहरू लाई स्मार्ट बनाउँदै नेपाल लाइफ इन्सुरेन्स 

रविन्द्र कँडेल, गोर्खा

बीमा क्षेत्रमा नेपालकै अग्रणी स्थानमा रहेको नेपाल लाइफ इन्सुरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरूलाई पुनर्ताजगी तालिम मार्फत स्मार्ट बनाउने भएको छ। अभिकर्ताहरूलाई पुनर्ताजगी तालिम दिएर बीमा व्यवसाय बढाउन सक्षम बनाउने उद्देश्यका साथ कम्पनीको गण्डकी प्रदेशले विभिन्न जिल्लाहरूमा तालिमको आयोजना गरिरहेको छ। सोही अन्तर्गत भाद्र ८ गते शनिबार गोर्खामा एक कार्यक्रम सम्पन्न गरेको छ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । शनिबार कम्पनीका प्रदेश प्रमुख सहदेव अधिकारीको अध्यक्ष्यतामा भयको कार्यक्रममा प्रमुख आतिथ्यता तालिम विभाग प्रमुख रोजेश बस्नेतले गर्नुभयको थियो भने कार्यक्रमको सञ्चालन गोरखा शाखाका प्रमुख सूर्य प्रसाद अधिकारीले गर्नुभएको थियो। प्रमुख अतिथि बस्नेतले बीमा व्यवसायका विभिन्न रणनीति तथा यस कम्पनीको विभिन्न विमा योजनाको बारेमा जानकारी गर्नुभएको थियो । त्यस्तैगरी प्रदेश प्रमुख अधिकारीले बीमा व्यवसायका महत्व, यसका विशेषताहरू साथै निरन्तर मेहनत गर्नसके जुनसुकै क्षेत्रमा सफलता प्राप्त गर्न सकिने बताउँदै सबैलाइ आफ्नो कार्य निरन्तर र सहि समयमा गर्न आग्रह गरे । उक्त कार्यक्रममा पेशागत बिमा अभिकर्ता संघ नेपल लाइफको केन्द्रीय कोषाध्यक्ष एमडीआरटी, समृद्धि पदक बिजेता तथा सिनियर एजेन्सी मेनेजर बिमला अम्गाईले स्वागत मन्तव्य राख्नु भयको थियो साथै कार्यक्रममा एमडीआरटी, समृद्धि पदक बिजेता तथा सिनियर एजेन्सी मेनेजर शान्ति देबकोटा, पेशागत बिमा अभिकर्ता संघ नेपाल लाइफको प्रदेश कमिटी सदस्य जानुका सापकोटा, पेशागत बिमा अभिकर्ता संघ नेपाल लाइफ गोरखा शाखा अध्यक्ष्य श्रीमाया श्रेष्ठ लगायत १४० जना भन्दा बढि अभिकर्ताको उपस्थिति रहेको थियो ।

कम्पनीको गण्डकी प्रदेशले भाद्र महिनाभित्रमै प्रदेशभित्रका विभिन्न आठ स्थानहरूमा यस्तो खालको तालिम सञ्चालन गर्ने योजना बनाएको र तीमध्ये अधिकांश स्थानहरूमा कार्यक्रम सञ्चालन भइसकेको र केही स्थानहरूमा मात्र बाँकी रहेको प्रदेश प्रमुख अधिकारीले जानकारी दिनुभयो। जिबन बिमा क्षेत्रको इतिहासमा हेर्दा नेपालमा सञ्चालनमा आएका १४ वटा जिबन बीमा कम्पनीहरु मध्ये उत्कृष्ट एवं अधिक चुक्तापुजी र बिमा दाबी भुक्तानी गर्ने कम्पनीमा नेपाल लाइफ इन्सुरेन्स कम्पनी पर्दछ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.