पालुङटारमा स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी सम्बन्धी कार्यक्रम सम्पन्न

भाद्र ९ गते, पालुङटार गोर्खा

पालुङटार नगरपालिका स्वास्थ्य शाखाका कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि पालुङटार नगरपालिकाका नगर उपप्रमुख बन्दना पाण्डे रहनुभएको थियो। प्रमुख अतिथिको रुपमा बोल्दै उपप्रमुख पाण्डेले स्वास्थ्य क्षेत्रमा भएका समस्याहरु समाधान गर्नको लागि आफूहरु सदैव तयार रहेको र स्वास्थ्यकर्मीहरुले सही रूपमा समयमै कार्य सम्पादन गर्नुपर्नेमा जोड दिनुभएको थियो सो अवसरमा बोल्दै उहाँले स्वास्थ्यकर्मीहरूले प्राविधिक दक्षताको विकास गर्नुपर्ने र आफूले जानेका सीप को अधिकतम प्रयोग गर्नुपर्ने समेत बताउनुभयो। त्यस्तैगरी स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्ने क्रममा स्थायी भइ आएका अन्य जिल्लाका कर्मचारी हरू सरुवा भईरहने प्रक्रियाले गर्दा पनि केही कठिनाइ आएको बताउनुभयो। त्यस्तैगरी कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले आफूले गरेको कर्मको फल प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्राप्त गर्न सकिने भएकाले गर्दा काममा दत्तचित्त भएर लाग्नुपर्ने बताउनुभएको थियो। स्वास्थ्य शाखाको प्रगति विवरणको बारेमा स्वास्थ्य शाखाका गत आर्थिक वर्षको प्रगति प्रतिवेदन कृष्णप्रसाद अधिकारीले प्रस्तुत गर्नुभएको थियो भने आगामी वर्षको कार्ययोजना निर्माणका क्रममा सुधार गर्नुपर्ने पक्षहरूमा नगर उपप्रमुख प्रमुख प्रशासकीय अधिकृत प्रदेश स्वास्थ्य कार्यालय गोरखाका जनस्वास्थ्य प्रशासक यम प्रसाद शर्मा, जन स्वास्थ्य अधिकृत नवराज खड्का लगायतकाले सुझाव राखेका थिए ! त्यस्तैगरी आप पिपल अस्पताल सहित नगरपालिकाभित्रका १० वटै वडाका स्वास्थ्य संस्थाका प्रमुखहरूले आफ्नो संस्थाको प्रगति प्रतिवेदन प्रस्तुतिकरण गरेका थिए । नगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष एवं सामाजिक विकास शाखाका संयोजक भेजराज पाण्डेले स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउन स्वास्थ्यकर्मीहरूको महत्वपूर्ण भूमिका रहने बताउनु भएको थियो सहभागीहरुका तर्फबाट खोप्लाङ स्वास्थ्य चौकीका प्रमुख प्रेम भण्डारीले आफ्ना भनाइहरू राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाकै गोमा श्रेष्ठले गर्नुभएको थियो। आर्थिक वर्ष २०८०/ ८१ को प्रतिवेदन अनुसार ८५% अङ्क हासिल गरी पालिकामा उत्कृष्ट हुन सफल भएको मा च्याङ्ली स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेलाई सम्मान गरिएको थियो भने ६० वर्ष उमेर हद सम्म स्वास्थ्य सेवामा योगदान दिएका दुईजना महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई सम्मानसहित विदाई गरिएको थियो। जसमा वडा नम्बर 2 का विष्णुमाया अधिकारी र वडा नम्बर 10 का उमादेवी बगाले रहेका थिए !
उपस्थित रहेका स्वास्थ्यकर्मीहरूले विगतको वर्षमा भन्दा यो वर्षमा नगरपालिकाबाट स्वास्थ्य संस्थाको लागि उत्प्रेरणा हुने हिसाबले विभिन्न प्रकारका स्वास्थ्य कार्यक्रमहरूमा आर्थिक सहयोग गरेको बताएका थिए।
विगतको वर्षमा भन्दा यो वर्षमा स्वास्थ्यका सुचाङ्कहरू सबै स्वास्थ्य संस्थाहरूको बढेको पाइएको बताइएको छ !

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.