आबु खैरेनी दुर्घटनामा ३९ जनाको उद्धार ४ जना अझै बेपत्ता

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा आज बिहान भएको बस दुर्घटनामा ३९ जनाको उद्धार गरिएको छ भने चारजना अझै बेपत्ता रहेका छन्।

भारतीय पर्यटकलाई पोखरा पुर्‍याएर काठमाडौँ फर्कने क्रममा आज बिहान उक्त बस दुर्घटना भएको थियो। घाइतेहरूलाई तनहुको आबुखरिनी अस्पतालमा उपचार गरिएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार १४ जनाको मृत्यु भएको छ भने घाइतेहरुको उद्धार चलिरहेको छ ।

दुर्घटनास्थलमा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी दीपककुमार रायले बसमा सवार चालकसहित ४३ जनामध्ये ३९ जनालाई घटनास्थलमा उद्धार गरिएको र चार जना मर्स्याङ्दीमा बेपत्ता रहेको जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार केशरवानी परिवहन ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।

पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हाे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.