ऐना पहरामा बस दुर्घटना : २७ को मृत्यू १६ गम्भिर घाइते


शंकरराज नहर्की । तनहुँ ७ भदौ २०८१ शुक्रवार । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं १ ऐनापहरा नजिकै आज बिहान ११.३० बजे को समयमा  मर्स्याङ्दी नदीमा बस खस्दा मृत्यु हुनेको सङ्ख्या २७ पुगेको छ ।

बसमा सवार ४३ जनामध्ये २७ जनाको मृत्यु भएको छ। मृत्यू हुनेमा १६ जना महिला र ११ जना  पुरुष रहेको आँबुखैरेनी अस्पतालका प्रमुख  डाक्टर डि वि क्षेत्रीले बताए ।  सबै लाशहरू पोखरा पठाएर पोष्टमार्टम पछि आफन्तहरुको जिम्मा लगाइने घटनास्थल तथा आँबुखैरेनी अस्पताल पुगेका  तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले  बताए । प्रजिअ गौतमले भने  – ‘यो अत्यान्त दुःखद घटना घट्यो , हामी सबै अत्यान्तै दुःखद छौँ । ‘
उता  भरतपुर अस्पतालमा उपचारको क्रममा एक जना, घटनास्थल र आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु हुँदा उक्त संख्या पुगेको हो ।
यस्तै घटनामा १६ जना घाइते भएका छन् । पोखराबाट काठमाडौँ आउदै गरेको भारतीय नम्बर प्लेटको युपी ५३ एफटी ७६२३ नम्बरको बस मस्र्याङदी नदिमा खस्दा दुर्घटना भएको हो । गम्भीर घाइते भएका मध्ये १२ जनालाई सेनाको हेलिकप्टरबाट काठमाडौं पठाइएको छ भने अन्यको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उद्धार कार्यमा नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेना लगायतको सहभागिता रहेको थियो । 

Facebook Comments Box
हाम्राे सेराेफेराे
गोर्खा संसार

लाखेनाच प्रतियोगितामा डुम्रे नेवा: पुच डुम्रे प्रथम

भाद्र २२ पालुङटार / रबिन्द्र कँडेलगाेर्खाकाे पालुङटारकाे बिरुवाटारमा शनिबार भएकाे लाखे नाच प्रतियोगितामा डुम्रे नेवा पुच, डुम्रे प्रथम बनेकाे छ भने प्रथम पुरस्कार नगद रु

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

बन्दिपुरकाे तीजगीत प्रतियोगितामा एकता मगर समाज प्रथम

भाद्र २२ बन्दिपुर / डिपि अधिकारीतनहुँको पर्यटकीय नगरी बन्दिपुरमा जारी तीज सप्ताहन्न उत्सव शनिबार सकिएकाे छ । उक्त कार्यक्रम अन्तरगत भएकाे तीज गीत प्रतियोगितामा एकता

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटार ७ मा आयोजना गरिएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा वडास्तरीय महिला सञ्जालको आयोजनामा आज सम्पन्न भएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम भएको छ।कोठाभित्रका नौ टिमको

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

पछिल्लाे पटक प्रधानमन्त्री बनेपछि पहिलाेपटक बिदेश भ्रमणमा जाँदै

२१ भदौ, काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा अोली पछिल्लाे पटक प्रधानमन्त्री बनेपछि पहिलाेपटक बिदेश भ्रमणमा जाने हुनुभएकाे छ । पछिल्लाे पटक असार ३० गते प्रधानमन्त्री

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

नेपालवार इकाइ तनहुँद्वारा तनहुँ जिल्ल अदालतमा अनिश्चित कालीन धर्ना

शंकरराज नहर्की। तनहुँ १७ भदौ २०८१ सोमवार । नेपालबार इकाई दमौली ,तनहुँले तनहुँ जिल्ला अदालतमा आजबाट अनिश्चितकालीन धर्ना सुरु गरेको छ।इकाईले तनहुँ जिल्ला अदालतको मुख्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

बन्दिपुरमा आयोजित तीज सप्ताहन्न उत्सवको महानायक हमालद्वारा उद्घाटन

पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दीपुरमा शनिबारबाट आयोजित तीज सप्ताहन्न उत्सव–२०८१ को महानायक राजेश हमालले उद्घाटन गरेका छन् ।तनहुँ जिल्लामै सर्वाधिक पुरस्कार रासीको साताव्यापी तीज गीत

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.