Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको मृत्यु

पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको मृत्यु

अर्घाखाँची, १९ असार ।

अर्घाखाँचीमा पहिराेले घर पुरिँदा एकै घरका तीन जनाकाे मृत्यु भएकाे छ । जिल्लाकाे पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन जना बालबालिकाको मृत्यु भएकाे हाे । पहिराेमा परी एक जना घाइते भएका छन् ।

बिहान ५ बजेतिर खसेको पहिरोले पाणिनी गाउँपालिका-१ गोवनपानीका गंगा रास्कोटीको घर पुरिँदा उनका तीन जना नातिनातिनाको मृत्यु भएकाे हो ।

पहिरोमा परेर १० वर्षका धनबहादुर रास्कोटी, १२ वर्षका खुमबहादुर रास्कोटी र ११ वर्षकी मञ्जु रास्कोटीको मृत्यु भएकाे हो । ज्यान गुमाएका बालबालिका दाजुभाइका छोराछोरी रहेकाे बताइएकाे छ ।

पहिरोमा पुरिएका अर्का १४ वर्षका बालक सचिन रास्कोटी घाइते भएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.