धन्सार भत्किएर मुत्यु हुनेको संख्या दुई

गोरखाको गण्डकी गाउँपालिका–४ पाटापाटीमा मंगलबार बिहान धन्सार भत्किएर मुत्यु हुनेको संख्या दुई पुगेको छ । बिहान स्थानीय जगबहादुर बरामको बनाउदै गरेको धन्सार भत्किएर गम्भीर घाइते हुनुभएका ६५ बर्षका रामकृष्ण बरामको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

गम्भीर घाइते हुनुभएका बरामको काठमाण्डौंको ट्रमा सेन्टरमा उपचारका क्रममा अघि साँझ मृत्यु भएको उहाँले बताउनुभयो । मृतक रामकृष्ण धन्सार बनाउनका लागि जगबहादुृरको घरमा मेला आउनु भएको थियो । दुर्घटनामा घरघनी जगबहादुरकी श्रीमती ४५ बर्षकी मीना बरामको भने घटनास्थलमा नै मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका दुई जनाको अबस्था भने सामान्य रहेको उहाँले बताउनुभयो ।

घाइते हुनेहरुमा मृतक मीनाका श्रीमान श्रीमान ४५ बर्षका जगतबहादुर बराम, २१ बर्षका छोरा सुजन बराम रहनु भएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो । घटनाको जानकारी पाएलगत्तै ताङ्लीचोक प्रहरी चौकीबाट प्रहरीको टोली घटनास्थलमा पुगेर घाइतेहरुको उद्धार गरेको थियो । घटनाको थप अनुसन्धान सुरु गरिएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

Facebook Comments Box
अन्तर्राष्ट्रिय
गोर्खा संसार

अलहासा गोल्डकपको प्रथम र द्वितीय उपाधी युनाईटेडले चुम्यो।

ओम बहादुर कुमाल/ साउदी अरेबिया अलहासा फुटबल क्लबद्वारा आयोजित गोल्डकपमा युनाइटेडको सेती र हरियो गरि जम्मा १४ टिम सहभागी प्रतियोगितामा एउटै टिम युनाईटेड सेतो र

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ ।भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पर्यटन व्यवसायमा कोशेढुङ्गा साबित हुँदै बन्दीपुर केवलकार

 तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ। गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो।बन्दीपुर केबलकार

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

लाखेनाच प्रतियोगितामा डुम्रे नेवा: पुच डुम्रे प्रथम

भाद्र २२ पालुङटार / रबिन्द्र कँडेलगाेर्खाकाे पालुङटारकाे बिरुवाटारमा शनिबार भएकाे लाखे नाच प्रतियोगितामा डुम्रे नेवा पुच, डुम्रे प्रथम बनेकाे छ भने प्रथम पुरस्कार नगद रु

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

बन्दिपुरकाे तीजगीत प्रतियोगितामा एकता मगर समाज प्रथम

भाद्र २२ बन्दिपुर / डिपि अधिकारीतनहुँको पर्यटकीय नगरी बन्दिपुरमा जारी तीज सप्ताहन्न उत्सव शनिबार सकिएकाे छ । उक्त कार्यक्रम अन्तरगत भएकाे तीज गीत प्रतियोगितामा एकता

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटार ७ मा आयोजना गरिएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा वडास्तरीय महिला सञ्जालको आयोजनामा आज सम्पन्न भएको तीज गीत प्रतियोगितामा सिर्जना महिला समूह प्रथम भएको छ।कोठाभित्रका नौ टिमको

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.