गोरखा प्रशासनको सेवा प्रवाह सार्वजनिक बिदाको दिनमा पनि जारी रहने

गोरखा, १२ वैशाख ।

जिल्ला प्रशासन कार्यालय गोरखाले अबदेखी सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह जारी राख्ने भएको छ । प्रशासनले सोमबार एक सूचना जारी गर्दै सार्वजनिक बिदाहरुका दिनमा पनि सेवा प्रवाह गर्ने जनाएको हो । प्रशासनले जारी गरेको सूचनामा नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंले नेपाल राजपत्रको भाग ५ को सूचनामा सार्वजनिक सेवा प्रवाह सम्वन्धी विशेष ब्यवस्था भए बमोजिम सार्वजनिक बिदाका दिनहरुमा समेत देहायका सेवा प्रवाहरु हुने आशयको सूचना जारी गरेको हो ।

गोरखा प्रशासनले जारी गरेको सूचना बमोजिम राष्ट्रिय स्तरका सार्वजनिक बिदाहरुमा भने नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र सम्वन्धी सेवा प्रवाह कार्यालयबाट हुने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भूषालले जानकारी दिनुभयो । प्रजिअ भूषालका अनुसार २०८० सालको बैशाख २२ गते उभौली पर्व, चण्डी पूर्णिमा (बैशाख पूर्णिमा), बुद्व जयन्ती, जेठ महिनाको १५ गते पर्ने गणतन्त्र दिवश, भाद्र महिनाको १४ गतेपर्ने रक्षाबन्धन र २० गतेपर्ने श्रीकृण्ण जन्माष्टमीमा समेत प्रशासन कार्यालयबाट त्यस्ता सेवाहरु सर्व साधारण पाउने छन् ।

त्यसका साथै असोज २८ गते घटस्थापना, पौष महिनाको ९ गते पर्ने इसाई धर्मालम्बीहरुको पर्व क्रिसमस डे, पौष १० गते किराँत समुदायको उभौली पर्व, योमरी पुन्ही, १५ गते परेको तमु ल्होसार र २७ गते परेको पृथ्वी जयन्ती (राष्ट्रिय एकता दिवस)मा पनि कार्यालयबाट सेवा प्रवाह हुने जानकारी गराएको छ । त्यसका अलावा माघ १ गतेको माघी–माघे संक्रान्ती, फागुन १ गतेको जनयुद्व दिवस, २५ गतेको महाशिवरात्री तथा अन्तराष्ट्रिय महिला दिवस, २८ गतेको ग्याल्पो ल्होसार र इस्लाम धर्मालम्वीहरुको पर्व इल उल फित्र र इद उल अजहामा पनि कार्यालयबाट सेवा प्रवाह हुने भएको हो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.