पालुङटार नगरपालिकाको निति तथा कार्यक्रम, बजेट तर्जुमा भू–वर्गिकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम काठमाण्डाैमा सम्पन्न

पालुङटार नगरपालिकाले आर्थिक वर्ष २०८०/२०८१ को वार्षिक निति तथा कार्यक्रम, बजेट तर्जुमा साथै भू–वर्गिकरण सम्बन्धी विज्ञ व्यक्तिहरु संग छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सनिबार काठमाण्डौंको नयाँ बजार स्थित सासा व्याङ्कुइटमा विषेश एक समारोहका बिच रक्रिया कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रकको प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभा सदस्य माओवादी केन्द्र संसदिय दलका मुख्य सचेतक हितराज पाण्डेले जग्गा वर्गिकरणको विषय पालुङटार नगरपालिकाको मात्र समस्या नभएर समग्र देश कै परिस्थिति संग जाेडिएको भएकाले जग्गा बर्गिकरणका लागि हतारिन नहुने बताउनुभएको छ । प्रतिनिधि सभा सदस्य पाण्डेले कुन भूगोलमा के गर्ने भन्ने विषयको टुङ्गो लगाएर मात्र जग्गा वर्गिकरणको विषयलाई अगाडी ल्याउनु पर्नेमा जोड दिनुभएको छ । सोहि अवसरमा उहाँले नेपाल कै ठूला टारहरु मध्येको टार पालुङटार भएकाले यो टारको विकास गर्न के गर्न सकिन्छ भनेर सबै बिज्ञ साथिहरुले सोच्नुपर्ने बेला आएको बताउनुभएको छ । उहाँले कार्यक्रलाई सम्बोधन गर्दै सबै पालुङटार बाहिर रहेका पालुङटारका व्यक्तिहरुले रिटायर लाइफ पालुङटारमा नै गएर व्यतित गर्न अपिल गर्नुभयो । उहाँले मेट्रो रेलको कन्सेप्ट काठमाण्डौमा मात्र भन्दा पनि पालुङटार भित्रका टारहरुलाई समेटेर मेट्रो रेल सञ्चालन गरी पर्यटक भित्र्याउन लाग्नु पर्ने भन्दै त्यसका लागि आँफुले उपल्लो निकायमा पहल गर्ने बताउनुभएको छ । सोहि अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पालुङटार नगरपालिकाले आफ्नो पालिका भित्रका शिक्षित व्यक्तिहरु संग उनिहरु वसेकै ठाउँमा आएर सुजाव संकलन गरेकामा धन्यवाद व्यक्त गर्नुभएको छ ।
कार्यक्रमको विशेष अतिथिको रुपमा कार्यक्रमलाई सम्बोन गर्दै गण्डकी प्रदेश सभा सदस्य सुरेन्द्र राज पाण्डेले कार्यक्रलाई सम्बोधन गर्दै स्वरोज्गार रहन चाहेने किसानका लागि के दिएर उनिहरुलाई स्थापित गर्न सकिन्छ त्यस तर्फ सचेत हुनु पर्ने बताउनु भएको छ । किसानले उत्पादन गरेका बस्तुलाई बजारको व्यवस्थापन गर्न तर्फ स्थानिय सरकार लाग्नु पर्ने भन्दै उहाँले उत्पादन बढाउनका लागि पकेट जोन बनाएर अघि बढ्नु पर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रमको अतिथिको रुपमा कार्यक्रमलाई सम्बोन गर्दै गण्डकी प्रदेश सभा सदस्य फडिन्द्र देबकोटाले पालुङटारको बिकासको जिम्मा तपाइ बिज्ञहरुको हातमा आएको भन्दै त्यसको लागि आफुहरु सबै संग हातेमालो गरेर अघि बढ्न तयार रहेको बताउनुभएको छ । सोहि अवसरमा उहाँले पालुङटार नगरपालिकाले बिभिन्न बिधाका बिज्ञहरु संग सुझाब संकलन गरेर उदाहरणीय काम गरेकोमा खुसी व्यक्त गर्नुभएको छ ।
कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका पालुङटार नगरपालिकाका नगर प्रमुख विवस चिन्तनले पालुङटार नगरपालिका स्थायी घर भई काठमाण्डौं वसोवास गर्ने विशिष्टता हाँसिल गरेका व्यक्तिहरुको सुजावलाई समेट्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभएको छ । सोहिअवसरमा विज्ञहरुबाट आएको सुझाबलाई आत्मसाथ गर्दै कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नगर प्रमुख चिन्तनले सबै बिधाका बिज्ञहरुको बिषयलाई समेट्न समय अभाव भएको भन्दै आगामी दिनमा विषय बिज्ञताको आधारमा विज्ञ सम्मेलन गराउने बताउनुभएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्ण धिताल, पालुङटार नगरपालिकाका पूर्व नगर प्रमुख दिपक बाबु कडेल, पालुङटार नगपालिकाको नगर उप–प्रमुख बन्दना पाण्डे लगायतको उपस्थिति रहेको कार्यक्रमको पालुङटार नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत गौतम भण्डारीले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न बिधामा विषेशज्ञता हाँसिल गर्नु भएका विज्ञहरु लगायत पालुङटार नगरपालिकाका शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.