काँग्रेस घाटमा पैसा उठाउने पार्टी र माओवादी गाउँमा पैसा उठाउने पार्टी हो : एमाले नेता महत

सुजन न्याैपाने                                                                            चैत ३, बिरुवाटार, गोरखा ।                                                     नेकपा एमाले पालुङटार नगर कमिटीले पार्टीको कार्यक्रम मिसन ग्रासरुट( संगठन सुदृढीकरण तथा विस्तार अभियान ) अन्तर्गत अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथि रहुनु भएका पार्टीका केन्द्रीय सदस्य तथा नवलपुर जिल्ला ईन्चार्ज तिलक महतले काँग्रेस घाटमा पैसा उठाउने पार्टी भएको र माओवादी गाउँमा पैसा उठाउने पार्टी भएको बताउनु भएको हो । त्यस्तै उहाले अब गोरखा बाट माओवादी सक्किने पनि बताउनु भयो । प्रचण्ड जहाँ जहाँबाट चुनावमा उठे त्यहा बाट माओवादी सक्किएको उहाँले जिकिर गर्नु भयो ।

उहाँले कार्यक्रमा बोल्दै गाउँको एक व्यक्ति कथा भन्दै काँग्रेस र माओवादीलाई पैसा उठाउने पार्टीको संङ्या दिनुभएको हो । उहाँले नेकपा एमाले आफ्नो गाउँ आँफै बनाउन भन्ने नाराका साथ काम गर्ने पार्टी भएको भन्दै उहाँले नेकपा एमाले जनतालाई कहिल्यै पनि नझुक्काउने पार्टी रहेको बताउनु भयो । उहाँले हरेक समस्या सँग अवसर हुने पनि बताउनु भयो । कम्युनिस्ट पार्टीको सदस्यता हुने कुरा निकै महत्त्वपूर्ण हुने भएकाले सबै सदस्यलाई पार्टी निर्माणमा लाग्नु पर्ने बताउनु भयो । अहिलेका जनप्रतिनिधिले सत्ताको दुरुपयोग गरे नगरेको नेकपा एमालेका सदस्यहरुले खोज्नु पर्ने र सच्चाउन दबाब दिनु पर्ने पनि बताउनु भयो । पार्टीले आवश्यकता महसुस गर्दा आफू गोरखाका कार्यक्रममा सँधै आउन तयार रहेको बताउनु भयो ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा गोरखा जिल्ला सह-ईन्चार्ज कार्यक्रमका बिशेष अतिथी सम्झना देवकोटाले नेकपा एमाले मात्र जनताको आशा र भरोसाको पार्टी भएको बताउनु भयो । नेकपा एमालेलाई देश भित्र र बाहिरबाट घेराबन्दी भएको बेलामा पनि पपुलर भोट ल्याउने पार्टी भएको भन्दै नेकपा एमाले सँग भएको बिचार, काम र नितिले जनताको माझमा राहेको पार्टी भएको बताउनु भयो । अब आर्थिक क्रान्तिको बाटोमा अब नेकपा एमाले लागेको बताउनु भयो त्यसका लागि नेकपा एमाले सरकारमा जानू पर्ने बताउनु भयो ।

नेकपा एमालेको जनबर्गिय संगठन बुद्धिजीवी परिशिदका अध्यक्ष तथा बाग्मती प्रदेश सभा सदस्य कार्यक्रमका विशेष अतिथि दिनेश चन्द्र देवकोटाले नेकपा एमाले पक्ष र बिपक्ष बाट माथि उठ्नु पर्ने बताउनु भयो । नेकपा एमालेको मिसन ग्रस रुटमा जे कुरा हरु छन् पार्टीका समस्याहरु त्यस्लाई सच्चाउन आवश्यक रहेको र यसैको मार्ग निर्देशन बाट चल्ने बताउनु भयो । समृद्धिको यात्रा नेकपा एमाले सँग मात्र भएकोले नेकपा एमालेको विकल्पमा अरु पार्टीहरु पुग्न नसक्ने बताउनु भयो ।

नेकपा एमाले गोरखा जिल्ला कमिटीका अध्यक्ष तथा गण्डकी प्रदेश सचिवालय सदस्य, कार्यक्रमका विशेष अतिथि प्रेम बहादुर गुरुङले अब झुम्के पुतलिहरु जल्ने र सच्चा पुतलीहरु आउने छन् । नेकपा एमाले सँच्चिकैको पुतली भएको बताउनु भयो । अहिले बर्ग विरोधीहरु एक भएका भन्दै उहाँले देश बनाउने पार्टी भनेको नेकपा एमाले मात्र भएको बताउनु भयो । मिसन ग्रासरुट अभियान पार्टीको व्यस्थित निर्माण सँगै सुखि नेपाली, समृद्ध नेपाल बनाउने कामको बाटो रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य बाबुराम थापाले पालुङटारमा रहेका सबै जनबर्गिय संगठनले चुस्त र दुरुस्त ढंगले काम गर्ने हो भने पालुङटार नगरपालिकामा नेकपा एमाले बलियो हुने बताउनु भयो । त्यस्तै कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य गोपाल पाण्डे, हरि भट्ट अखिले नेपाल महिला संघ केन्द्रीय सदस्य शान्ति चापागाईं, अखिल नेपाल महिला संघ गोरखा जिल्ला अध्यक्ष पार्वती पाठक लगाएतले मन्तव्य तथा प्रशिक्षण गर्नु भएको थियोे ।

कार्यक्रममा नेकपा एमालेको भर्खरै सम्पन्न अखिल नेपाल महिला संघको केन्द्रीय सदस्यमा निर्वाचित शान्ति चापागाईं, अखिल नेपाल किसान संघका केन्द्रीय सदस्यमा निर्वाचित हरि भट्ट त्यस्तै जनजाति महासंघको केन्द्रीय सदस्य बलराम थापा लाई प्रमुख अतिथि तथा विशेष अतिथिले अविर लगाएर सम्मान पनि गरिएको थियोे । त्यस्तै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १७ जना नेकपा एमाले प्रवेश गर्नु भएको थियोे । उहाँहरुलाई अतिथि हरुले अबिर लगाएर स्वागत गर्नु भएको थियोे ।

कार्यक्रममा स्वागत मन्तव्य नेकपा एमाले पालुङटार नगर कमिटीका उपाध्यक्ष दिपक अधिकारीले राख्नु भएको कार्यक्रममा शुभकामना मन्तव्य नेकपा एमाले गोरखा जिल्ला सचिव तथा पालुङटार ईन्चार्ज काजिराम रोकाले राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता नेकपा एमाले पालुङटार नगर कमिटीका अध्यक्ष बसन्त श्रेष्ठले गर्नु भएको थियोे । कार्यक्रम संचालन नेकपा एमाले पालुङटार नगर कमिटीका सचिव प्रकाश न्यौपानेले गर्नु भएको थियोे ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.