Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
गोरखाको शहिदलखन गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

गोरखाको शहिदलखन गाउँपालिकामा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

गोरखाको शहिदलखन गाउँपालिकामा प्रथम शहिदलखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ ।

उक्त प्रतियोगितालाई गाउँपालिका अध्यक्ष रमेश थापामगरले उद्घाटन गर्नुभएकाे थियाे । माघ २८ गतेबाट सुरु भएको प्रतियोगिता फागुन १ गते सम्म संचालन हुने छ ।

उक्त राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगितामा पालिका भित्रका ११ वटा विद्यालयबाट करिब साढे दुई सय भन्दा बढी खेलाडी सहभागिता रहेको गाउँपालिकाका शिक्षा अधिकृत राजेन्द्र खनालले बताउनुभयाे । प्रतियोगितामा २८ विद्यालयमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने बताउदै शनिबार पहिलो दिन १० विद्याको खेल सम्पन्न भएको उनले जानकारी दिनुभयाे ।

प्रतियोगितामा भलिबल, हाइजम्प लङजम्प, छेलो, कवडी, रिले दौड लगायत खेलमा खेलाडीहरुले प्रतिस्पर्धा गर्ने गाउँपालिकाले जनाएको छ ।

खेलाडीहरुको शारीरिक, मानसिक, संवेगात्मक विकास गराउन र भविष्यमा देशको लागि राम्रो खेलाडी उत्पादन गर्न राष्ट्रपति रनिङशील्ड प्रतियोगिता आयोजना गर्दै आएको छ । अव पालिकाबाट छनौट भएको खेलाडीहरु फागुन १६ गतेबाट सुरु हुने जिल्लास्तरीय प्रतियोगितामा सहभागि हुनेछन् ।

गोरखा जिल्ला स्तरीय दशौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागनु १६ गते देखि १८ गते सम्म हुने जिल्ला खेलकुद विकास समिति गोरखाले जनाएको छ ।

सो प्रतियोगितामा ११ वटै पालिकाबाट खेलाडीहरु सहभागि हुनेछन् । हरमटारी खेलकुद मैदान हुने प्रतियोगितामा करिब १२ लाख खर्च हुने जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तासिं बस्नेतले जानकारी दिनुभयाे । प्रतियोगितामा ३६ विधामा खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.