तनहुँको आंबुखैरेनी गाउँपालिका वडा नं. १ सत्रसयफाँटमा रहेको मित्रता माध्यमिक विद्यालयको ५२ औं बार्षिकोत्सब आगामी फाल्गुन २ गते मनाईने भएको छ ।
आँबु खैरेनी गाउँपालिकाका अध्यक्ष सुक्र चुमानको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा चर्चित राष्ट्रिय कलाकारहरु पशुपति शर्मा, पवन राना मगर, सिता के. सी., कहर सिंह थापा, सिर्जना गुरुङ लगाएत स्थानीय कलाकारहरु र विद्यार्थीहरुले समेत साँस्कृतिक कायक्रममा सहभागिता जनाउने कार्यक्रम रहेको विद्यालयका शिक्षक एवं गायक कमल सापकोटाले जानकारी दिनुभयो ।
२०२८ सालमा स्थापना भएको बिद्यालयको बार्षिकोत्सब समारोह भब्यताका साथ मनाउने कार्यक्रम रहेको हुँदा विद्यालयकी प्रधानाध्यापक सरीता पौडेल अधिकारीले उक्त कार्यक्रममा उपस्थित भइदिनुहुनको लागि बिद्यालयका भुतपुर्ब विद्यार्थी, समाजसेवी, शिक्षाप्रेमी, बुद्धिजीवी, पत्रकार , भुपु बिब्यस पदाधिकारी, अभिभावक , लगायत सम्पुर्णमो अनुरोध गर्नु भएको छ ।
विद्यालयकाे ५२ औं वार्षिकोत्सब कै अवशरमा विद्यालयबाट २०४८ सालमा SLC परीक्षामा सामेल भएकाहरुकाे समूह SLC ब्याच २०४८ ले विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार २० जना विद्यार्थीलाई विद्यालय पाेशाक प्रदान गर्ने भएकाे छ । साे समूहले स्थापना गरेकाे अक्षयकाेषकाे रकमकाे ब्याजबाट प्राप्त रकमबाट विद्यालय पाेशाक सर्ट पाईन्टकाे कपडा वितरण गरिने समूहका संयाेजक बाबुराम नेपालीले जानकारी दिनुभयाे । समूहले गत वर्ष अति सिमान्तकृत भुजेल समुदायका ३ जना गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री खरिद गर्न भन्दै नगद ६/६ हजारका दरले वितरण गरेकाे दिपेन्द्र श्रेष्ठले बताउनुभयाे ।
यसैबीच विद्यालय ब्यवस्थापन समितिको पुनरगठन गरिएको छ ।
११ सदस्यीय समितिको अध्यक्षमा ईश्वर गौली , सदस्यहरुमा हरि प्रसाद काराखेती, सोमबहादुर पन्थ, मिरा थापा, मसिना सुनारी, ऋषिराम अधिकारी, मीना अधिकारी, वडा प्रतिनिधिमा शुसिला नेपाली, लक्षमण बानियाँ, शिक्षक प्रतिनिधिमा प्रकाश भण्डारी र सदस्य सचिबमा विद्यालयकी प्रधानाध्यापक सरीता पौडेल रहनु भएको विद्यालयले जनाएको छ ।
यता सो विद्यालयले शिक्षक अभिभाबक संघ समेत गठन गरेको छ । अध्यक्षमा प्रेमबहादुर तामाङ चयन हुनु भएको छ भने सदस्यहरुमा शान्ता वि.क. सुनार, पदमबहादुर पन्त, मनिका वि.क., प्रेमबहादुर खड्का, राज्यलक्ष्मी श्रेष्ठ, विजु गुरुङ , शिक्षक प्रतिनिधिमा अञ्जली चुमान र कमल सापकोटा चयन हुनु भएको विद्यालयले जनाएको छ ।
मित्रता माध्यमिक विद्यालयको ५२ औं बार्षिकोत्सब आगामी फाल्गुन २ गते
Facebook Comments Box