असाेज २८ गते
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा चाैथाे वडा कप फुटबल प्रतियाेगिता शुरू भएकाे छ ।
असाेज २८ गतेका दिन अाहालेबर खेल मैदानमा वडाध्यक्ष अर्जुन बहादुर कुमालले खेलकाे उदघाटन गर्नुभएकाे थियाे भने पहिलाे दिनमा ३ खेल सम्पन्न भएकाे छ ।
पहिलाे उदघाटन खेल मजुवा मर्स्याङदी युवा क्लब र रियल सनस्टार युवा क्लबबीच भएकाेमा ३ – ० गाेल अन्तरले मजुवा मर्स्याङदी युवा क्लब बिजयी भएकाे छ । त्यस्तै गरी अन्डर १५ अन्तर्गतकाे दाेश्राे खेलमा माइलीटार युवा क्लब र बिरूवाटार फुटबल क्लबबीच भएकाे खेलमा माइलीटार युवा क्लब ६ – ० गाेल अन्तरले बिजयी भएकाे छ भने अन्तिम अर्थात तेश्राे खेलमा पूर्णेपिपल युवा क्लबले ३ – ० गाेल अन्तरले मुन स्टार युवा क्लब खहरेलाइ पछि पारेकाे छ ।
खेलमा प्रथम हुनेले नगद रू.३५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै दाेश्राे हुनेले नगद रू.२१ हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गाेलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गाेलकर्तालाइ ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
न्यू रियर सन स्टार युवा क्लबकाे अायाेजनामा सञ्चालन भएकाे खेलमा अन्डर १५ फुटबल खेलतर्फ प्रथम र द्वित्तीय हुनेलाइ ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने अायाेजकले जनाएकाे छ ।
फाइनल खेल कार्तिक ३ गते हुने जनाइएकाे छ ।