प्रभाव मुल्यांकन प्रतिबेदनकाे सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

प्रभाव मुल्यांकन प्रतिबेदनकाे सार्वजनिक सुनुवाइ कार्यक्रम पालुङटार ७, च्याङली काे माझीगाऊंमा सम्पन्न भएकाे छ ।
निजी क्षेत्रबाट सञ्चालित यम.ए. पावर प्रा.लि. काे अायाेजनामा सम्पन्न साे कार्यक्रममा कम्पनीका तर्फबाट बाताबरण तथा सामाजिक बिभागका प्रमुख नारायण खनाल, बाताबरणबिद रितु तुलाधर ले अायाेजनाका बारेमा जानकारी जानकारी गराउनुभएकाे थियाे ।
शिब मरहट्टाले सञ्चालन गर्नुभएको साे कार्यक्रममा पालुङटार नगरपालिका वडा नं ८ का वडाध्यक्ष हाेप बहादुर नेपाली, कालिका सामुदायिक बनका कार्यबाहक अध्यक्ष राजु कुमाल लगायतकाले अाफ्ना भनाई राख्नुभएको थियाे ।
कार्यक्रम नयाँ बस्ती बगर टाेलबिकास संस्थाकाे अध्यक्ष राजु कुमालकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।
करिब २० अर्व लागत अनुमानकाे मर्स्याङदी दी अर्धजलाशययुक्त जलविद्युत आयोजना रहेकाे साे अवसरमा बताइएकाे थियाे । साथै अायाेजना निर्माणका क्रममा स्थानीयलाइ राेजगारी दिनुपर्ने, उचित मुअाब्जा दिनुपर्ने, सडक स्तराेन्नतीमा ध्यान दिनुपर्ने, जलबिद्युत उत्पादन संगसंगै सिँचाइकाे समेत व्यवस्था गरिनुपर्ने लगायतका कुराहरूमा स्थानीयहरूले माग राखेका थिए ।

 

आयोजनाको संक्षिप्त विवरण 

एम.ए. पावर प्रा.लि. ले 99.8 मे.वा. क्षमताको मर्स्याङ्दी नदी अर्धजलाशययुक्त जलविद्युत आयोजना गोरखा जिल्लाको पालुङटार नगरपालिकाको वडा नं ३, ४, ५, ६, ७, ८, ९, लमजुङ जिल्लाको राईनास नगरपालिकाको वडा नं ५, ६, ७ र तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकाको वडा नं ४, ५ र भानु नगरपालिका वडा नं. १, २, ३, ४, ७, ८, ९, १० मा प्रस्ताव गरेको छ। प्रस्तावित आयोजनाको प्रकृति Peaking Run of River (PRoR) र पिकिङ्ग आवर १ घण्टा रहेको छ। प्रस्तावित आयोजनाको ग्रस हेड 107.10 मिटर, नेट हेड 96.27 मिटर र डिजाइन डिस्चार्ज (४0% PoE मा) 117.15 घनमिटर प्रति सेकेण्ड रहेको छ। प्रस्तावित आयोजनाको औसत वार्षिक ऊर्जा उत्पादन 615.77 गिगावाट आवर (वर्षा याम- 417.70 गिगावाट आवर, सुख्खा याम- 198.07 गिगावाट आवर (Peak सुख्खा ऊर्जा – 17.52 गिगावाट आवर, Off-Peak सुख्खा ऊर्जा – 180.55 गिगावाट आवर)) रहेको छ। बराज, डिसेन्डिङ्ग बेसिन, हेडरेस पाइप, हेडरेस टनेल, सर्ज साफ्ट, पेनस्टक पाइप, विद्युतगृह तथा टेलरेस टनेल आयोजनाका मुख्य संरचनाहरू हुन्। हेडरेस टनेलको लम्बाइ करिब ११.44  कि.मि. र पेनस्टक पाइपको लम्बाइ 207.61 मिटर रहनेछ।

आयोजनाको हेडवर्क्स क्षेत्र मर्स्याङ्दी-चेपे संगमबाट करिब २.७ किलोमिटर माथिल्लो तटीय क्षेत्रमा मर्स्याङ्दी नदीमा प्रस्ताव गरिएको छ। आयोजनाको हेडवर्क्स डुम्रे-बेशीशहर सडक नजिक बैसजङ्गर-पाताल गाउँ नजिकै लमजुङको राईनास नगरपालिका र तनहुँको भानु नगरपालिकाको सीमामा प्रस्ताव गरिएको छ। आयोजनाको हेडरेस अलाइनमेन्टको आधा भाग तनहुँ जिल्लामा मर्स्याङ्दी नदीको दायाँ किनारमा प्रस्ताव गरिएको छ र बाँकी हेडरेस अलाइनमेन्टको आधा भाग, सर्ज साफ्ट र पावर हाउस गोरखा जिल्लामा मर्स्याङ्दी नदीको बायाँ किनारमा प्रस्ताव गरिएको छ। विद्युतगृह मर्स्याङ्दी जलविद्युत आयोजनाको बाँधबाट ३ किलोमिटर माथिल्लो भागमा मर्स्याङ्दी नदीको बायाँ किनारामा प्रस्ताव गरिएको छ।

यस आयोजनाबाट उत्पादित वार्षिक ऊर्जा 615.77 गिगावाट आवर विद्युत २२० के.भी. ६.५ कि.मि. लामो सिङ्गल सर्किट विद्युत प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको मार्किचोक सबस्टेशनमा जडान गरी राष्ट्रिय ग्रीडमा समाहित गरिनेछ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.