असाेज २९ गते
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा चाैथाे वडा कप फुटबल प्रतियाेगिताकाे दाेश्राे दिन अाज अन्डर १५ सहित ६ खेल सम्पन्न भएकाे छ ।
असाेज २८ गतेदेखि अाहालेबर खेल मैदानमा खेल सञ्चालन भइरहेकाे छ ।
अाज भएका पहिलाे खेल सूर्यज्याेति युवा क्लब र नागास्थान युवा क्लबबीच भएकाे थियाे, जसमा निर्धारित समयमा २ – २ काे बराबरी भएपछि पेनाल्टीमा नागास्थान युवा क्लबले ५ गाेल गरी बिजयी बनेकाे छ । दाेश्राे खेल बिरूवाटार फुटबल क्लब र नवज्याेति युवा क्लबबीच भएकाे खेलमा बिरूवाटार क्लबले २ – ० गाेलअन्तरले बिजयी बनेकाे थियाे । त्यस्तै गरी अाजै भएकाे तेश्राे खेलमा खत्रीटार फुटबल क्लबले लालीगुराँस युवा क्लबलाइ ३ – १ काे गाेल अन्तरसहित पछाडी पारेकाे थियाे । खाल्टे धारापानी युवा क्लब र सल्लाघारी युवा क्लब बीच भएका चाैथाे खेलमा १ – ० गाेलअन्तरले सल्लाघारी युवा क्लब बिजयी बनेकाे आयाेजक न्यू रियल सन स्टार युवा क्लबले जानकारी दिएकाे छ । त्यस्तै गरी सल्लाघारी युवा क्लब बी र युनाइटेड च्याङलीबीच भएकाे अाजकाे पाचाैं खेलमा युनाइटेड च्याङली ५- ० गाेलअन्तर सहित बिजयी बनेकाे थियाे ।
अन्तमा साँझ अन्डर १५ अन्तर्गत पूर्णेपिपल युवा क्लब र खत्रीटार युवा क्लबबीच भएकाे खेलमा २ – ० गाेलअन्तरले पूर्णेपिपल बिजयी बनेकाे थियाे ।
यससंगैै पहिलाे चरणकाे खेल सम्पन्न भएकाे र भाेलिदेखि दाेश्राे चरणकाे खेल सञ्चालन हुने क्लबका कमल गुरूङले जानकारी दिनुभयाे । खेल बिहान ७ बजेदेखि शुरू हुने बताइएकाे छ
खेलमा प्रथम हुनेले नगद रू.३५ हजार, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । त्यस्तै दाेश्राे हुनेले नगद रू.२१ हजार ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ भने खेलमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गाेलरक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गाेलकर्तालाइ ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
न्यू रियल सन स्टार युवा क्लबकाे अायाेजनामा सञ्चालन भएकाे खेलमा अन्डर १५ फुटबल खेलतर्फ प्रथम र द्वित्तीय हुनेलाइ ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिने अायाेजकले जनाएकाे छ ।
फाइनल खेल कार्तिक ३ गते हुने जनाइएकाे छ ।