चितवनमा अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशीको राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

चितवन, माघ २८

देशकै सबैभन्दा ठूलो धनराशीको ‘प्रथम प्रधानमन्त्री कप राष्ट्रिय खुल्ला ब्याडमिन्टन प्रतियोगिता–२०७७’ चितवनमा सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को सहयोग, नेपाल ब्याडमिन्टन संघको पहल तथा चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी मेमोरियल ट्रष्टको संयुक्त आयोजनामा भएको प्रतियोगिताको आज वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले उद्घाटन गरेका हुन् । प्रतियोगिता उद्घाटन गर्दै प्रदेश प्रमुख प्रसाईले कोभिडको कारण बन्द भएको खेल क्षेत्र विस्तारै चलायमान हुन लागेको बताए । खेलकुदबाट खेलाडीले आफ्नो र राष्ट्रको नाम विश्वमा परिचित गराउन सक्ने भन्दै खेलाडीका लागि सरकारले पारिश्रमिकको व्यवस्था समेत सुरु गरेको प्रसाईले बताए । खेलकुदका गतिविधि बढ्न थालेपछि खेल पर्यटनको समेत विकास हुने उनको भनाइ थियो । आजदेखि सुरु भएको प्रतियोगितामा देशभरका ३०० बढी खेलाडीको सहभागिता रहेको चितवन जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष भरत मल्ले बताए ।

फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विश्वकै तेस्रो बरियतामा रहेका खेलाडी प्रिन्स दाहाललगायतका राष्ट्रिय खेलाडीहरुको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत आज पहिलो चरणका ६९ वटा खेल सम्पन्न भएका नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुवास श्रेष्ठले बताए । विभिन्न आठ विधामा हुने प्रतियोगितामा वुमन सिङ्गल, गल्स सिङ्गल अण्डर १७ अन्तर्गतका खेलहरु भोलि बिहीबार हुने श्रेष्ठले बताए । प्रतियोगितामा मेन्स सिङ्गल र वुमन्स सिङ्गलतर्फ पहिलो हुने खेलाडीले नगद एक लाख १५ हजारका दरले पुरस्कार पाउने श्रेष्ठले बताए । प्रतियोगितामा आठ वटा विधामा पहिलो, दोस्रो र तेस्रो हुने खेलाडीको लागि नगदसहित ट्रफी, मेडल र प्रमाणपत्रसिहतको पुरस्कारको व्यवस्था गरिएको श्रेष्ठको भनाइ छ । प्रतियोगिताअन्तर्गत नगद पुरस्कारमात्रै आठ लाख १९ हजार रुपैयाँ खर्च हुने भन्दै श्रेष्ठले प्रतियोगिता सम्पन्न गर्न ४० लाख रुपैयाँ खर्च हुने बताए । भरतपुरको कभर्डहलमा सञ्चालन भएको खेल निःशुल्क रुपमा हेर्ने व्यवस्था मिलाइएको चितवन जिल्ला ब्याडमिन्टन संघले जनाएको छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

नेकपा एमाले पालुङटारको दोश्रो नगर अधिबेशन सम्पन्न, अध्यक्षमा पुनः वसन्त श्रेष्ठ

पालुङटार नगरपालिकामा नेकपा एमालेको दोश्रो नगर अधिबेशन नयाँ कार्यसमिति चयनसंगै सम्पन्न भएको छ । जसको अध्यक्षमा पुनः बसन्त कुमार श्रेष्ठ चयन भएका छन भने उपाध्यक्षमा

सबै पढनुहोस »
सूचना प्रबिधि
गोर्खा संसार

हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न

काठमाडौं,वैशाख २६ । हिमालयन अन्तर्राष्ट्रिय अवार्ड-२०८० सम्पन्न भएको छ । वुमेन्स एरा एण्ड मिडिया ग्रुप नेपालको आयोजनामा अवार्डको चौथो संस्करण काठमाडौंमा एक भव्य र विशेष

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले सोध्यो स्पष्टीकरण

रातो बङ्गला स्कुल र काठमाडौँ वर्ल्ड स्कुललाई सरकारले स्पष्टीकरण सोधेको छ । स्वीकृति बिना विदेशी पाठ्यक्रम पढाएको भन्दै दुवै स्कुललाई तीन दिने स्पष्टीकरण सोधेको थियो।सरकारको

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

सिकाई केन्द्रद्वारा जेष्ठ आमाहरूलाई सम्मान

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आमाको मुख हेर्ने दिनमा १८ जना जेष्ठ महिलाहरूलाई सम्मान गर्दै

माता तीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन ( वैशाख २६ गते) को अवसर पारेर गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पालुङटार मा नौमती बाजा बजाउने तालिम

“सिप सिकौ रोजगार बनौ” भन्ने मूल नाराका साथ आज मिति २०८१/०१/२४ गतेका दिन पालुङटार नगरपालिका वडा नं. ७ को वडा स्तरीय महिला संजालका अध्यक्ष श्री

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.