तनहुँ, भदौ १६गते ।
पत्रकार अमराज नहर्कीले लेखेको ‘लाखौं तारा आकाशैमा’ बोलको गीत युटुबबाट बजारमा आएको छ । गीतलाई हाईलाईस् नेपालले बजारमा ल्याएको हो । गत भदौ ३ गते पत्रकार नहर्कीले बैदेशिक रोजगारीको पीडामा आधारित गीत ‘विरानो देश’ पनि बजारमा ल्याउनु भएको थियो ।
गीतमा श्वर तथा सङ्गीत गायक नवराज थापाको रहेको छ । गीतमा थापा गायक स्वएम् र आरती शर्माले अभिनय गर्नु भएको छ । आरती चर्चित मोडल लोमश शर्माको बैनी हुनुहुन्छ । आरतीले यसै गीतबाट मोडलिङ्मा प्रवेश गर्नु भएको हो । । गीतमा महेश वाग्लेले ड्रोन र रमेश शर्माको क्यामराबाट छायाङ्कन गर्नु भएको छ । यस गीतमा मोडलको रुपमा चर्चामा रहनु भएका सुदिप पौडेलले पहिलो पटक निर्देशन गर्नु भएको छ । पत्रकार नहर्कीले लेखेका धेरै गीतहरु भावुक खालका रहेका छन् । यो गीत भने युवतीको सौन्दर्यताको बयान गरिएको रोमान्टिक खालकोे छ ।
‘लाखौं तारा आकाशैमा तर तिमी हौ जून
स्वभावमा पनि तिमी नम्बरी सून ……..’ बोलको रहको छ ।
पत्रकार नहर्कीले लेख्नु भएको नौ महिना अघि राज सिग्देलको आवाज र सुदिप सेढाईको सङ्गीत रहेको ‘तिम्रो सहर’ नामक गीत पनि बजारमा आएको थियो । नहर्कीका दुःखी छु, प्राण भन्दा प्यारो लाग्छ राना गाउँ हाम्रो ’ लगायतका गीतका पनि म्यूजिक भिडियो बजारमा आईसकेको छ । प्रेस युनियन तनहुँको अध्यक्ष समेत रहनु भएका नहर्की गोरखापत्र दैनिकका तनहुँ समाचारदाता हुनुहुन्छ । देशमा कोरोना भाईरसको सङ्क्रमण पैmलिरहेकोले घरमै धेरै समय वितिरहेकोले गीत लेखनलाई बढी समय दिन सकिएको पत्रकार नहर्कीले बताउनुभयो । गीत लेखनको लागि माग आईरहेको र अब चाँडै नै लोकगीत पनि बजारमा ल्याउने तयारी भईरहेको गीतकार नहर्कीले बताउनु भयो । पत्रकार नहर्कीले पत्रकारिता र साहित्य एकैसाथ अघि बढाईरहनु भएको छ ।