नयाँ प्रनियुक्तिसँगै पवित्रामा विवाद सुरु

तनहुँ । बैशाख ४

बन्दीपुर गाउँपालिका–१ स्थित पवित्रा माविको प्रधानाध्यापकमा विष्णुप्रसाद न्यौपाने नियुक्त भएका छन् । नमुना विद्यालय व्यवस्थापन निर्देशिका अनुसार न्यौपाने गत चैत ३१ गते पाँच वर्षकोलागि उक्त विद्यालयको प्रअ नियुक्त भएका हुन् ।

नमुना विद्यालय व्यवस्थापन निर्देशिका २०७४ मा माध्यमिक तहमा कम्तीमा पाँच वर्ष शिक्षण अनुभव भएको स्थायी शिक्षक, स्नातकोत्तर तह उत्तिर्ण भएको, सुचना प्रविधि सम्बन्धि जानकार भएको तथा विद्यालय विकास प्रस्ताव अनुसार कम्तीमा ७० प्रतिशत अंक ल्याएका मध्ये उच्चतम अंक प्राप्त गरेको शिक्षकलाई प्रअ नियुक्ती गनुपर्ने प्रावधान रहेकोमा न्यौपानेले उक्त सबै मापदण्ड पुरा गरेको कारण प्रअ नियुक्ती भएको बन्दीपुर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका पदेन सदस्य शिवकुमार श्रेष्ठले बताए ।

उक्त विद्यालय विकास प्रस्ताव समितिमा विद्यालय व्यवस्थापन समितिले तोकेको व्यक्ति संयोजक तथा स्थानीय तहको शिक्षा हेर्ने अधिकृत वा प्रतिनिधि तथा जिल्ला शिक्षा तथा समन्वय इकाईबाट मनोनित स्नातकोत्तर तह उत्तिर्ण एक जना विज्ञ सदस्य रहेको समितिले उक्त मापदण्ड पुरा गरेका शिक्षकलाई प्रअ नियुक्तीको सिफारिस गर्नेछ । सोही अनुसार विद्यालय व्यवस्थापन समितिले तोकेका संयोजक कुलेन्द्र गौतमको संयोजकत्वको समितिले न्यौपानेलाई पाँच वर्षको लागि प्रअ नियुक्तीको लागि सिफारिस गरेको थियो ।

पवित्रा माविको गत चैत ४ गते बसेको विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार शैक्षिक सत्र २०८२ बाट नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिका, २०७४ (संसोधन सहित) को अनुसुची ७ र मुल्याङ्कनका आधारहरुमा व्यवस्था भएको प्रधानाध्यापकहरुको छनोटका मूख्य आधारहरुवाट योग्यता पुगेका स्थायी शिक्षकहरुलाई प्रधानाध्यापकमा नियुक्ति गर्ने व्यवस्था गरिने भएकोले विद्यालयमा कार्यरत शिक्षकहरु मध्येबाट प्रधानाध्यापक छनौटका लागि विद्यालय विकास प्रस्तावना सहित मिति चैत १८ गते तोकिएका आवश्यक काजगात संलग्न राखी विद्यालयमा पेश गर्न विद्यालयका तत्कालिन प्रअ सरोज सुवेदीले सुचना प्रकाशन गरेका थिए । उक्त सुचना बमोजिम न्यौपानेको मात्रै प्रअ छनौटको लागि आबदेन परेको विद्यालयले जनाएको छ ।
सबै मापदण्ड पुरा गरि न्यौपाने प्रधानाध्यापक नियुक्ती भएर कार्यभार सम्हालेपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र अधिकारीले विज्ञप्ति प्रकाशित गरि प्रअ नियुक्ती कार्य अबैधानिक भएको बताएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारी र शिक्षक अभिभावक संघका अध्यक्ष निरु थापाले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरि विद्यालयमा प्रधानाध्यापक नियुक्ति भएको भनी सामाजिक सन्जाल मार्फत जानकारी आएको घटनाले विद्यालय व्यवस्थापन समितिको एवं विद्यालय परिवारको ध्यानाकर्षण भएको जनाएका छन् ।

‘बन्दीपुर गाउँपालिका वडा नम्बर १, का अध्यक्ष शिव कुमार श्रेष्ठ, वडा सदस्य डिल बहादुर राना (विजय) को प्रत्यक्ष उपस्थितमा असवैधानिक तथा राजनैतिक प्रतिशोध पूर्ण योजनाबाट समग्र विद्यालयको हित विपरित भएको अवाञ्छित क्याकलाप प्रति घोर भत्सना गर्दछौं ।’ विज्ञप्तिमा भनिएको छ ‘विद्यालय व्यवस्थापन समितिको क्षेत्र अधिकारलाई प्रत्यक्ष राजनिती हस्तक्षेप गरि गरिएको निर्णय निन्दनिय खेदपूर्ण कियाकलापको जति निन्दा गरेपनी कमै हुन्छ । यस घटना प्रति बन्दीपुर गाँउपालिका, शिक्षा शाखा, शिक्षा समिति तथा बन्दीपुर गाउँपालिका र जिल्ला शिक्षा विकास तथा समन्वय इकाइको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं ।’

सिङ्गो व्यवस्थापन समिति अध्यक्ष, शिक्षक अभिभावक संघका अध्यक्षको अनुपस्थितमा यस्ता अवाञ्छित कृयाकलापबाट घोषणा गरिएको प्रअको नियुक्तीमा भ्रम नपर्न र निजले गर्ने कुनै पनि कार्य वैधानिक नहुने र पुरानै प्रअलाई काममा फर्की नियमित कामकाज अगाडि बढाउन निर्देशन गरिन्छ ।’ विज्ञप्तिमा भनिएको छ ।

यता प्रअको नियुक्ती प्रक्रियामा विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभाक संघले अनावश्यक विवाद निकालेको वडा अध्यक्ष श्रेष्ठले बताएका छन् । विव्यसका अध्यक्षले पटक–पटक समितिको बैठक राख्ने तर आफु कहिल्यै नआउने भन्दै श्रेष्ठले कहिले ७ दिन, कहिले २ दिन र कहिले २४ घन्टाको समय दिनुभन्दै समय सारिरहने तर बैठकमा भने कहिल्यै पनि नआउने गरेको श्रेष्ठले बताए । ‘विद्यालय व्यवस्थापन समितिका अध्यक्षको नियत विद्यालयलाई सँधै भद्रगोल बनाईरहने र नयाँ प्रअ नियुक्ती हुन नदिने खालको थियो’ श्रेष्ठले भने ‘त्यही भएर पटक–पटक बैठक राख्ने तर आफु सँधै भागिरहने मात्र गर्दै आएका थिए, समितिको बैठकको माइन्युट हेर्ने हो भने सबै प्रष्ट हुन्छ ।’

शैक्षिक सत्र सुरु हुनै लागेको र नयाँ प्रअ नियुक्ती गर्नै पर्ने बाध्यता समितिसँग रहेको हुँदा अध्यक्षको नियतवशको लगातारको अनुपस्थिती पनि नियम अनुसार जेष्ठ सदस्य डिल बहादुर राना (विजय) अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले गाउँपालिका र जिल्ला शिक्षा समन्वय इकाईसँग परामर्श गरि सर्वसम्मत रुपमा कुलेन्द्र गौतमको संयोजकत्वमा विज्ञ समिति गठन गरिएको श्रेष्ठले बताए ।
उक्त समितिले नमुना विद्यालय विकास एवं सञ्चालन निर्देशिका बमोजिम नै सबै मापदण्ड पुरा गरेका न्यौपानेलाई प्रअ नियुक्ती गरेको वडा अध्यक्ष श्रेष्ठले बताए । प्रअको नियुक्ती नियम कानुन अनुसार सबै प्रक्रिया पुरा गरेर भएको हुँदा अव उक्त निर्णय फिर्ता नहुने भन्दै कसैलाई पनि भ्रममा नपर्न वडा अध्यक्ष श्रेष्ठले अनुरोध गरे ।

प्रअ नियुक्त भएका न्यौपानेले भने विद्यालय व्यवस्थापन समितिका अध्यक्षको धारणाको बारेमा आफु जानकार नभएको बताए । उनले आफु अहिले शिक्षक आन्दोनलको लागि काठमाडौंमा रहेको र अध्यक्षको विज्ञप्त्किो बारेमा केही जानकारी नभएको भन्दै आफुलाई सबै कानुनी प्रक्रिया पुरा गरेर समितिले प्रअमा छनौट गरि विद्यालय सन्चालनको जिम्मेबारी प्रदान गरेको बताए ।

devghat online

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.