स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।
अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ। आगलागीबाट प्रदेश ०६ ००१ क००४५ नम्बरको बस पूर्णरुपमा क्षति पुगेको छ।

आज बिहान सवा ८ बजेतिर विद्यार्थी बोक्न हिँडेको बसलाई भरतपुर महानगरपालिका-२० मा रोकेर आगजनी गरिएको हो। ६ जनामा आएका समूहले चालक र सहचालकलाई गाडीबाट निकालेर आगजनी गरेको खुलेको छ।

‘६ जनाको समूहले गाडीमा आगो लगाएको बुझिएको छ। थप अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले बताए।

बस भरतपुरको स्मल हेभन स्कुलको हो। सो विद्यालय नेपाली कांग्रेसका पूर्वसांसद एवम् व्यवसायी उमेश श्रेष्ठको हो। यसअघि पनि एउटा समूहले चितवनको पेट्रोल पम्प र बसमा आगजानी भएकाले सोही समूहको आशंकामा अनुसन्धान गरिरहेको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान भइरहेको बताएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.