गोरखाका ११ विद्यालयलाई लुमा हस्तान्तरण ः पुस्तक नहुँदा पनि पठन पाठनमा समस्या नहुने

गोरखाका ११ विद्यालयलाई पठनपाठनमा सहयाेगी हुने लुमा बाकस हस्तान्तरण गरिएको छ ।

पाठ्यक्रम बिकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालकाे उपस्थितिमा शैक्षिक श्राेत तथा बिकास केन्द्रका निर्देशक भीमप्रसाद पोखरेलले ११ बिद्यालयका लागि साे बाकस हस्तान्तरण गर्नुभएकाे थियाे ।

सिकाइका लागि पुस्तक नै नभएकाे समयमा पनि पठन पाठन सञ्चालन गर्न सकिने गरी तयार पारिएकाे साे बाकस पाउने विद्यालयहरूका दुइ /दुइ जना शिक्षक र दुइ /दुइ जना बिद्यार्थीका लागि यसअघि नै २ दिने तालिम सञ्चालन गरिसकिएकाे छ । जसमा साे बाकस सञ्चालन बिधीका बारेमा तालिम दिइएकाे थियाे ।

साे बाकस प्राप्त गर्ने गाेरखाका बिद्यालयहरूमा ज्ञानज्योती मावि, चर्तुमाला मावि, जनता मावि, अमरज्योती मावि, जिवनज्योती मावि, अकला मावि, सरस्वती मावि, मण्डली मावि, परोपकार मावि, महेन्द्रलिला मावि, जनज्योती मावि रहेका छन् ।

सामग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख मोहनबहादुर थापा मगरले शिक्षकहरुले सिकाई बाकसको धेरै प्रयोग गर्नुपर्ने बताउनुभयाे ।

नयाँ शैक्षिक सत्र सुरु भएदेखि नयाँ होस् या पुराना पाठ्याक्रममा आधारित पाठ्यपुस्तकबाट विद्यार्थीलाई पढाउन ‘सिकाई बाकस’ (लुमा) ले सहज हुने छ । सिकाई बासक(लुमा) कम्प्यूटर र प्रोजेक्टर जडित हुन्छ । कक्षा १ देखि १२ सम्म पाठ्यक्रम बिकास केन्द्रले स्वीकृत गरेका पाठ्यक्रममा आधारित हरेक पुस्तक ‘लुमा’ भित्र हुन्छ ।

‘पुस्तक मात्र होइन, कुन पाठ पढाउँदा मिल्दोजुल्दो अन्य सामग्री के हुन सक्छ त्यो पनि त्यहाँ छ’, पाठ्यक्रम बिकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले भन्नुभयाे, ‘किताब पुगेन भनेर वर्षेनी हाहाकार भइरहेका बेला हाम्रा विद्यालयहरुका लागि यो एउटा बैकल्पिक आधार हुनसक्छ ।’ यी सामग्री पढाउन, हेर्न अफलाईनबाट सकिन्छ । ‘पाठ्यक्रम बद्लियो र थपघट गर्नुपर्ने भयो, सुधार गर्नुप¥यो भनेपनि सिकाई बाकसलाई अनलाईन राखेर इन्टरनेटको माध्यमले जहाँबाट पनि सामग्री थप्न सकिन्छ’, महानिर्देशक अर्यालले थप्नुभयाे ।

हरेक कक्षामा एक÷एक वटा सिकाई बाकस हुने हो भने सहज हुनेछ । अहिले यसबाट विद्यार्थी, शिक्षकमा कस्तो प्रभाव पर्छ, सिकाईको स्तरमा के सुधार हुन्छ भन्ने हेर्न लागिएको उहाँले बताउनुभयाे । ‘किताबको सट्टा लुमा(सिकाई बाकस)बाट सहज भयो भने सरकारले अपनत्व लिएर अघि बढाउँछ’, महानिर्देशक अर्यालले भन्नुभयाे । अहिले तयार भएको सिकाई बाकसमा केही छुटेको वा थप गर्नुपर्ने, सुधार गर्नुपर्ने विषयहरु छन् भने सुधार गर्न सकिने पनि उहाँले बताउनुभयाे ।

‘सिकाई बाकस’ गण्डकी प्रदेशका ३५ वटा विद्यालयलाई बितरण गरिएको साे बाकस नेपालमा एकसय वटा विद्यालयमा प्रयोग गर्न लागिएको शैक्षिक स्रोत तथा बिकास केन्द्र नेपालका कार्यकारी निर्देशक भीमप्रसाद पोखरेलले बताउनुभयाे । शिक्षा तथा मानव विकास स्रोत केन्द्र, पाठ्यक्रम विकास केन्द्रले मन्त्रालयसँगको सहकार्यमा तयार गरेका सामग्री सिकाई बाकसमा राखिएको छ । ‘अनिवार्य विषयका सबै पुस्तक छन्’ , ‘विषयबस्तुसँग मिल्दो अडियो, भिडियो सामग्रीहरुपनि त्यहाँ छ, कक्षाकोठामा सहजै प्रयोग गर्न सकिन्छ ।’ पाेखरेलले बताउनुभयाे ।

रोटरी क्लव अफ अमेरिकाको सहयोगमा रोटरी क्वल अफ पोखराले नमुना परीक्षण परियोजनाको रुपमा यो संचालन गरेको कार्यक्रम संयोजक मिनु कुँवरले बताउनुभयाे । ‘तपाईहरुले राम्रोसँग प्रयोग गर्नुभयो र यसको आवस्यकता भयो भने रोटरी क्लवले थप विद्यालय र कक्षाकालागि सहयोग गर्नसक्छ’ रोटरी क्लव अफ पोखराका पूर्व अध्यक्ष ज्ञानेन्द्र सिग्देलले भन्नुभयाे ।

गोरखाको धार्चे र चुमनुब्री जस्ता दुर्गम गाउँपालिका भित्रका विद्यालयलाई सिकाई बाकस आवश्यक रहेको शिक्षा बिकास तथा समन्वय इकाईका प्रमुख सुवास आचार्यले बताउनुभयाे । ‘पालिकाभर मावि दरबन्दी नभएका विद्यालय पनि यहाँ छन्, त्यस्ता बिद्यालयमा इलर्निङका साथै लुमा बाकसकाे माध्यमबाट प्रभावकारी शिक्षण गर्न र गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने अाचार्यले बताउनुभयाे ।

लमजुङ, कास्की, तनहुँ, बाग्लुङ, पर्वत लगायत जिल्लाका ३५ विद्यालयलाई यो बकास दिइएको हो । त्यहाँ हुने सिकाईको गुणस्तर र प्रयोगको अवस्थालाई मापन गरेर थप बिस्तार गर्ने योजना रहेको शैक्षिक स्रोत बिकास केन्द्रका अध्यक्ष थितिजराज प्रसाईले बताउनुभयाे।

करिब १५ वर्षअघि गोरखामा तुईन बनाउन आएका अमेरिकी नागरिक डेबिड र स्कीपले विद्यार्थीहरु किताब बिना विद्यालय गएकोदेखेपछि उनीहरुले दुर्गमका विद्यार्थीलाई पुस्तक बिना पढाउन कसरी सकिन्छ भन्ने बारेमा अध्ययन गरेका थिए । उक्त अध्ययनबाट ‘सिकाई बाकस’ तयार भएको थियो ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.