Trending

गाेरखामा २२२ स्थानमा ३१७ मतदान केन्द्र, २ लाख २० हजार ६३७ मतदाता, सबै तयारी पूरा

गाेरखा ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको लागि २२२ स्थानमा ३१७ मतदान केन्द्र तय गरिएकाे छ भने कूल मतदाता संख्या २ लाख २० हजार ६३७ रहेकाे छ ।
गाेरखाका मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्माका अनुसार हालसम्म सबै मतदान केन्द्रमा तयारी पूरा भइसकेकाे छ ।   निर्वाचनमा दुइ हजार पाँचसय जना कर्मचारी र तीन हजार ७५९ जना सुरक्षाकर्मी परिचालन गरिएको छ ।

शर्माका अनुसार जिल्लाका सबै मतदान केन्द्रहरुमा कर्मचारी र शुरक्षाकर्मी पुगेर ब्यवस्थापनमा खटिएका छन् । दुई निर्वाचन क्षेत्र रहेको गोरखामा २ लाख २० हजार ६३७ मतदाता छन् । महिला मतदाताको सँख्या एक लाख दश हजार ८६३ र पुरुष मतदाताको सँख्या एक लाख नौ हजार ७७४ रहेका छन् ।

हरेक मतदानस्थलमा ५ जना नेपाल प्रहरीसहित म्यादी, हरेक केन्द्रमा ७ जना नेपाल प्रहरी सहित म्यादीको टोली खटाइएको छ । नेपाली सेना भने ७६ स्थानमा र २० स्थानमा शसस्त्र प्रहरी खटाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयाे ।

सेना र शसस्त्रको टोली भने तस्रो घेरामा रहने गरी सुरक्षा संरचना तयार गरिएको छ । आवस्यक परेको खण्डमा हरेक मतदान केन्द्रमा १० मिनेटभित्र नेपाली सेनाको टोली पुग्ने गरी सुरक्षा ब्यवस्थापन मिलाइएको बताइएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker