तीन वर्षपछि जेलबाट रिहा भएका रोहितलाई नेकपा (बहुमत) को केन्द्रीय कार्यालयद्वारा स्वागत

काठमाडौँ : दलाल पुँजीवादी राज्यव्यवस्थाको अन्त्य गरी वैज्ञानिक समाजवाद स्थापना गर्ने अभियानका क्रममा गिरफ्तार भएर तीन वर्ष जेल जीवन व्यतित गरी हालै रिहा भएका तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठनका नेता तथा पार्टीको जनकपुर ब्युरो कार्यालय सचिव रहेका रोहित ढकाललाई नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को केन्द्रीय कार्यालयले स्वागत गरेको छ । ढकाललाई शुक्रबार पार्टीको केन्द्रीय कार्यालयले स्वागत अभिनन्दन गरेको हो ।

रोहितलाई स्वागत गर्दै नेकपा (बहुमत) का संयोजक कञ्चनले उनको गिरफ्तारी र रिहाइपछिको समयसम्म राजनीतिमा धेरै उथलपुथल भइसकेको परिस्थितिबारेमा जानकारी गराए । संयोजक कञ्चनले सबै कारागारमा अन्यायपूर्वक जेलजीवन बिताइरहेका साथीहरूको रिहाइका लागि कसरत गरिरहेको पनि बताए । आफ्नो पार्टी नयाँ कार्यक्रम र कार्यदिशासहित अघि बढिरहेको अवस्थामा नयाँ स्पिरिटका साथ अगाडि बढ्नुपर्ने संयोजक कञ्चनले बताए ।

नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले रोहितलाई स्वागत गर्दै उनी लामो समयपछि कारागारभित्रको क्रान्तिकारी विश्वविद्यालयबाट दीक्षित भएर बाहिर निस्किएको बताए । रोहित जेल बसाइका क्रममा भएको चोटको उपचारको व्यवस्था पार्टीले गर्ने प्रस्ट पार्दै प्रवक्ता सुदर्शनले उनलाई पार्टीले दिएको जिम्मेवारीका बारेमा पनि जानकारी दिए ।

आफ्नो स्वागतमा ओयाजित कार्यक्रममा रोहितले तत्कालीन केपी ओली सरकारले आफूलाई गिरफ्तार गरेर जेल–नेल र यातना दिएको स्मरण गराए । पार्टी नेतृत्वसमक्ष आफ्नो जेल र हिरासत जीवनको अनुभूति पस्किँदै उनले जसले जेलजीवनको अनुभूति गर्छ, त्यो नै स्पातिलो त परिपक्व बन्ने धारणा पनि राखे । पार्टी, आन्दोलन र क्रान्तिका पक्षमा आफू अझै स्पातिलो भएर लाग्ने उनले बताए ।

२०७६ साल पुस ३ गते सर्लाहीको लालबन्दी बजारबाट गिरफ्तार भएका रोहित जनकपुर हिरासत, सिन्धुली जेल, काठमाडौँको केन्द्रीय कारागार र भद्र बन्दीगृह गरी करिब ३ वर्षपछि २०७९ कात्तिक २३ गते जनकपुरबाट रिहा भएका हुन् । प्रहरीले उनलाई कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, विस्फोटक पदार्थलगायत झूट्टा मुद्दा लगाएको थियो । प्रहरी यातनाका कारण उनको टाउको र शरीरमा गम्भीर चोट लागेको छ । उनी अझै बिरामी छन् । सरकारले लगाएको झूट्टा मुद्दाहरूमा अदालतमा भएको बहसपछि अदालतले ५ लाख मूल्य बराबरको जमिन धराैटी राखेर रोहितलाई रिहाइको आदेश गरेको थियो । रोहित रातो खबरकर्मी पनि हुन् ।

अदालतले चर्को धरौटी राखेपछि पार्टी संयोजक कञ्चनकी जीवनसँगिनी एवम् पार्टी सल्लाहकार समितिकी सदस्य हिमा बास्तोलाका नाममा रहेको जग्गा बैङ्कमा धितो राखी अदालतको धरौटी रकम बुझाएर रोहित रिहा भएका थिए । उनको कानुनी प्रक्रिया पूरा गराउन कानुन विभागका रामकृष्ण भण्डारी र दिवस निरौला खटिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।                                     ईराताेखबर बाट

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु

काठमाडौँ— बागलुङको बुर्तिबाङमा घर भत्काउनेक्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका एक जनाको मृत्यु

गोरखा नगरपालिका वडा नं. ९ ठिगुरेश्वारामा सवारी दुर्घटना हुदाँ नेपाली सेनाका एक जनाको मृत्यु भएको छ । गोरखा बजारबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग. १ क

सबै पढनुहोस »
हाम्राे सेराेफेराे
गोर्खा संसार

पालुङटारमा आयोजित वक्तृत्व कला प्रतियोगितामा ठाँटीपोखरी बाल ज्योति बोर्डिङ स्कुलका रानाभाट प्रथम

भाद्र २९ गते राष्ट्रिय बालदिवसकाे अवसरमा पालुङटार नगरपालिका स्तरीय बाल क्लब सञ्जालले बालबालिकामा लगानि , सुनिश्चित भविष्यकाे थालनि विषयक अन्तर मा वि वक्तृत्वकला प्रतियाेगिता सम्पन्न

सबै पढनुहोस »
अन्तर्राष्ट्रिय
गोर्खा संसार

अलहासा गोल्डकपको प्रथम र द्वितीय उपाधी युनाईटेडले चुम्यो।

ओम बहादुर कुमाल/ साउदी अरेबिया अलहासा फुटबल क्लबद्वारा आयोजित गोल्डकपमा युनाइटेडको सेती र हरियो गरि जम्मा १४ टिम सहभागी प्रतियोगितामा एउटै टिम युनाईटेड सेतो र

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

हिमालय क्षेत्रमा वातावरण परिवर्तन सम्वन्धी ३ दिने अन्तराष्ट्रिय सेमिनार भदौ २८ बाट हुने

काठमाडौं । जलवायु परिवर्तनले हिमालय क्षेत्रमा पार्ने प्रभावहरूका सम्वन्धमा ३ दिने अन्तराष्ट्रिय सेमिनार हुने भएको छ ।भदौ २८, २९ र ३० गते काठमाडौंमा हुने सेमिनारका

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

पर्यटन व्यवसायमा कोशेढुङ्गा साबित हुँदै बन्दीपुर केवलकार

 तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा केबलकार सञ्चालनमा आएपछि चलपहल बढेको छ। गत जेठ ३१ गतेदेखि केबलकार व्यावसायिक रुपमा सञ्चालनमा आएपछि केबलकार चढ्न चहलपहल बढेको हो।बन्दीपुर केबलकार

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.