पाखो बारी जोत्ने क्रममा टयाक्टर दुर्घटनामा परी २८ बर्षीय दरैको मृत्यु

व्यास नगरपालिका–१ खकौलीमा पाखो बारी जोत्ने क्रममा टयाक्टर दुर्घटनामा परी २८ बर्षीय कमल बहादुर दरैको मृत्यु भएको छ । गत बुधबार स्थानीय धन बहादुर दरैको पाखोबारी जोत्ने सिलसिलामा टयाक्टर दुर्घटना हुँदा दरैको मृत्यु भएको हो । बुबाआमाको समेत स्वर्गारोहण भैसकेका दरैका यही आउँदो बैशाख महिनामा बिहे गर्ने योजना रहेको पारिवारिक स्रोतबाट खुल्न आएको छ । मृतक दरै नेपाली काँग्रेस खकौली टोलका सभापति समेत हुन् । सामाजिक क्रियाकलापमा सक्रिय दरै खकौली टोल विकास संस्थामा अध्यक्ष भएर काम गर्दै आएका थिए । बिहे गर्नका लागि घरमा खसीबोका पालेर तयारी अवस्थामा राखिएको स्थानीय एवं वडासचिव मञ्जु कँडेलले जानकारी दिइन् । सबैसंग राम्रो बोलीचाली भएका दरैको निधनको खबरले सपना जस्तो लाग्ने गरेको उनले बताइन् ।
दरै हाल दाजु भाउज्यूको साथमा बस्दै आएको बताइएको छ । लु ३ त १३३५ नंम्बरको ट्याक्टरले बारी जोत्ने क्रममा अचानक टयाक्टर बारीको छेउबाट तल खस्न जाँदा सोही टयाक्टरले च्यापिएको दरैको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टरले च्यापेर गम्भिर घाईते भएका दरैको उपचारको क्रममा दमौली अस्पतालमा मृत्यु भएको हो । टोलका अध्यक्ष दरैको निधनले सिंगो टोलबासी शोकमग्न बनेको व्यास–१ का वडास्दस्य मणिजंग बस्नेतले जानकारी दिए । धेरै राम्रो व्यक्ति गुमाउनु पर्यो,उनले भने,यस्तो दुखद घटना शत्रुलाई पनि नपरोस् ।
#जनचाहना_न्युज
#सन्त_नेपाली

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.