बर्दियाका जनतालाई आश्वासन हैन आत्मनिर्भर बनाउन आवश्यक छः स्वतन्त्र उमेदगवार देवी प्रसाद तिवारी

रुपनी जि.एम, बर्दिया ।

‘के साँच्चै हामीले भोट हाल्दै आएका पार्टीबाट हाम्रो वर्तमान र भविष्य सुरक्षित छ त ? के हाम्रो देशको राष्ट्रियता सुरक्षित छ त ? के उनीहरुबाट यो देशले विकास र सम्बृद्धिको गतिमा फड्को मार्ला त ?’ यो प्रश्न हो बर्दियाबासीहरुलाई देवी प्रसाद तिवारीको । देवी प्रसाद तिवारी बर्दियाका एक मात्र स्वतन्त्र उमेदवार हुन् ।

उनले बर्दियाका जनतालाई हरेक क्षेत्रमा आत्मनिर्भर बनाउने उद्येश्यका साथ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनीधि सभा सदस्यकालागि आफ्नो उमेदवारी दिएका छन् । उनको चुनाव चिन्ह् ‘क्रस खुकुरी’ हो । वातावरण व्यवस्थापनमा मास्टर डिग्री हाँसिल गर्नुका साथै ग्रामीण विकासमा एम ए गरेका देवी प्रसाद तिवारीले ४ वर्षसम्म वातावरण अधिकृत भएर काम गरेका छन् ।

बर्दिया एउटा सम्भावना भएको जिल्ला हो भन्दै बर्दियाको मुहार फेर्ने अठोटमा उनी यतिबेला आफ्नो चुनावी प्रचारमा आफै खटिएका छन् । विद्युतिय अटो रिक्साको पछाडी ठुलो ब्यानरमा आफ्नो फोटो सहीतको पोस्टर टाँसेर उनी भोट माग्न जनताका घरघरमा पुगी रहेका छन् । शुरुशुरुमा जनतालाई आफ्ना कुरा सुनाउन र बुुझाउन गाह्रो भएको अनुभव सुनाए उनले ।

उनी भन्छन्,‘स्वतन्त्र उमेदवार भएको भएर होला मसंग ठूलो जमात छैन । जस्ले गर्दा मलाई शुरुशुरुमा जनता कहाँ गएर आफ्ना कुुरा राख्न र उहाँहरुलाई बुझाउन अलि सकस नै लागेको थियो तर हिजो आज बानी परीसकें ।’ विभिन्न संघसस्थाहरुमा वातावरण परामर्शदाताका रुपमा कार्यरत देवी प्रसाद राजनीतिको माध्यमबाट जनतालाई सेवा गर्ने उद्येश्यले यो निर्वाचनमा आफु उमेदवार भएको बताउँछन् ।

उनी भन्छन्,‘यहाँ विकासको लागि धेरै सम्भावना छ । तर विडम्बना, ती सम्भावनाहरुको खोजी विगत ३०÷३५ वर्षदेखि नेताहरुले गर्नै सकेनन् । मेलै जितें भने यहाँका जनतालाई विशेष गरेर युवालाई आत्मनिर्भर बनाउने छु । राजनीतिबाट मैले मेरो जीवन जनताको सेवामा समर्पित गर्नेछु । यो मेरो प्रतिबद्धता हो ।’ यस क्षेत्रको समग्र विकसकालागि संसदमा व्यापक र सशक्त रुपमा आवाज उठाउनकालागि आफुले उमेदवारी दिएको उनको भनाई छ ।

यस्का साथै बर्दियाको पहिचान कृषिमा व्यवसायिकरण र आधुनिकरण गर्न, पुर्वाधारहरुमा व्यापक लगानी गर्दै विकास गर्न, युवाहरुलाई उद्योग व्यावसाय र रोजगारी श्रृजना हुने कार्यमा संलग्न हुने वातावरण सुनिश्चित गर्न, त्यसैगरी शिक्षा र स्वास्थ्यमा जनताको पहुँच कायम गर्न, नदी नियन्त्रणकालागि प्रविधिमैत्री र वातावरणमैत्री तटबन्धन र संरचना बनाई बाढी, डुबान र कटान न्यूनिकरण गर्न लगाएतका अन्य धेरै विषयहरुलाई समेटेर उनले विकासको प्याकेज बनाएका छन् ।

पढ्दा र सुन्दा निकै नै लोभ लाग्ने उनका चुनावि एजेण्डाहरु साँच्चै बर्दियाको मुहार फेर्नमा प्रभावकारी देखिन्छन् । तर उनका योजनाहरु कार्यान्वयनमा तब जान शुरु गर्छन् जब उनले निर्वाचन जित्नेछन् । आफ्नो प्रतिस्पर्धीका रुपमा नेकपा एमाले र गठबन्धनलाई लिएका स्वतन्त्र उमेदवार देवी प्रसादले बर्दियाको विकासकोलागि त्याहाँका जनताले आफुलाई नै जिताउने कुरामा ठोकुवा गरे ।

उनले भने,‘अब बर्दियाका जनता पहिलाका जस्ता छैनन् । शिक्षित छन् तर अवसरबाट बञ्चित छन् । उनीहरुलाई अवसरको खाँचो छ । आशवासनको हैन । मैले मेरो ठाउँको सबै आवश्यकताहरुको अध्ययन गरी सकेको छु । किनभने म आफैंपनि एक शिक्षित युवा हुँ । त्यसैले मलाई अवसर, आवश्यकता र अध्ययन यी सबै कुराको राम्रो अनुभव छ । यो ठाउँको परिवर्तन र विकासकोलागि मलाई यहाँका जनताले जिताउनै पर्छ । मैले जीतें भने मेरो पहिलो काम भनेको यहाँका युवा र जनतलाई एउटा क्षेत्र मात्र नभई प्रत्यक क्षेत्रमा आत्मनिर्भर बनाउने छु ।’

साभार

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.