प्रचण्डद्वारा रबर उद्योग र पालुङटार एयरपोर्ट पुन सञ्चालन गर्ने देखि च्याङ्लीमा कृषि क्याम्पस खोल्नेसम्मका याेजना प्रस्तुत

गोरखा ।

जिल्लाको निर्वाचन क्षेत्र नं २ का प्रतिनिधि सभाका उम्मेद्वार पूर्व प्रधानमन्त्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)ले चुनाव जितेपछि आफूले प्राथमिकताका साथ अघि बढाउने कार्यक्रमहरुको प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
जिल्लाको समृद्धिको मार्गचित्र अन्तर्गत गेमचेन्जर योजनाहरु, राष्ट्रिय गौरवका आयोजना रुपमा लिएको बुढीगण्डकी जलविद्युत आयोजना निर्माणदेखि, गोरखकाली रबर उद्योग र पालुङटार एयरपोर्ट पुन सञ्चालन गर्ने, च्याङ्लीमा कृषि क्याम्पस खोल्ने, रुइला नाका सम्म मोटरबाटो निर्माण गर्ने र उत्तरी गोरखालाई विशेष क्षेत्र बनाउन पहल गर्नेसम्मका योजना रहेका छन् ।

बहुउद्देश्यीय राष्ट्रिय गौरवको १२ सय मेगावटको बुढीगण्डकी जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउने र बेनीघाट-लार्के(रुइला नाका) सडकखण्ड निर्माण कार्य पूरा गर्ने उल्लेख गरिएको छ । लामो समयदेखि बन्द रहेको गोरखाको रबर उद्योग र पालुङटार एयरपोर्टलाई पुनःसञ्चालनमा ल्याउन विशेष पहल गर्ने प्रतिबद्धता पत्रमा उल्लेख छ ।
उत्तरी गोरखालाई हिमालय पर्यटनको रुपमा विकास गर्न चीनसँग सीमा जोडिएको रुइला नाका नियमित रुपमा सुचारु गर्न सुनिश्चितता सहित नुव्री क्षेत्रमा अन्तरदेशीय बन्दरगाह स्थापना गरिने, चुम र नुव्री भ्यालीलाई हिमाली शहरको रुपमा विकास गर्न विशेष पहल गर्ने प्रतिबद्धता पत्रमा प्रचण्डले भनेका छन् । गोरखाको उत्तरीक्षेत्र चुमभ्यालीमा एकसयवर्ष अघिदेखि सुरु गरिएको नेपालको एक मात्र अहिंसा क्षेत्रको संरक्षण र विकासमा जोड दिने प्रतिवद्धता पत्रमा उल्लेख छ ।

गोरखाको सिर्दिबास, माछीखोला, बारपाक, भच्चेक क्षेत्रमा हिमाली क्षेत्रमा पाइने जडीबुटी संरक्षण, संकलन र प्रशोधन केन्द्र स्थापना गर्ने पनि प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । उत्तरी गोरखाको दुर्गम पालिका चुमनुब्री र धार्चेलाई स्वायत्त क्षेत्र घोषणा गर्न पहल गर्ने बिषय प्रतिवद्धता पत्रमा समेटिएका छन् ।

गाईखुर-च्याङ्ली क्षेत्रमा राज्यले घोषणा गरेको औद्योगिक क्षेत्र निर्माण कार्य अगाडि बढाउने, सिउरेनीटारदेखि पालुङटारसम्म पृथ्वी राजमार्गको वैकल्पिक राजमार्ग निर्माण गर्न पहल गर्ने र लिगलिगकोट-सिरानचोक-गोरखा दरबार-मनकामना आदिलाई समेटेर धार्मिक ऐतिहासिक तथा पर्यटकीय सर्किटको रुपमा विकास गर्ने लगायतका योजना उनको प्रतिबद्धता पत्रमा समावेश छन् ।

मध्यपहाडी लोकमार्गको गोरखा खण्ड र सबै पालिकाको केन्द्र हुँदै वडा कार्यालयसम्म पुग्ने सडकहरु कालोपत्रे गर्न जोड दिने उनको प्रतिवद्धता पत्रमा उल्लेख छ । आँबुखैरेनी-गोरखा सदरमुकाम सडकको मापदण्ड सम्बन्धी समस्यालाई प्राविधिक र वैज्ञानिक ढंगले हल गर्ने उनले आश्वासन दिएका छन् ।

बाह्रकिलो-बारपाक-लाप्राक-गुम्दा हुँदै माछाखोलासम्मको सडक कालोपत्रे गर्न पहल गर्ने र गोरखा क्याम्पसको भौतिक पूर्वाधार विकासमा जोड दिँदै प्राविधिक शिक्षाको रुपमा इन्जिनियरिङ विषय थप गर्न पहल गर्ने प्रचण्डले आफ्नो प्रतिबद्धता पत्र मार्फत बताएका छन् । घ्याम्पेसाल देखि ताकु सम्म बाटो कालोपत्रे गर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

गोरखा अस्पताल, आँपपिपल अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र लगायतका स्वास्थ्य सँस्थाहरुको स्तर उन्नतिको जोड गरी स्वास्थ्य सेवालाई जनताको सहज पहुँचमा पुर्‍याइने घोषणापत्रमा उल्लेख छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.