सुनौलीबाट पोखरा तर्फ आउदै गरेको बस चेकजाँच गर्ने क्रममा लागुऔषध सहित १ जना पक्राउ

आँबुखैरेनी ।

तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं. ४ बेनिटारबाट मंगलबार दिउँसो प्रहरीले लागुऔषध सहित १ जना पक्राउ गरेको छ । दिउँसो २ः३० बजेको समयमा पृथ्वीराजमार्ग सडक–खण्डको अस्थायी प्रहरी पोष्ट मुग्लिङ्ग पुलजिपको चेकपोष्टमा चेकजाँचका क्रममा बाग्लुङ काठेखोला गाउँपालिका वडा न. ४ का वर्ष २२ को नर बहादुर थापालाई लागुऔषध सहित पक्राउ गरिएको प्रहरीले बताएको छ।

सुनौलीबाट पोखरा तर्फ आउदै गरेको ग. २ ख. ९९५ न. को यात्रुबाहक बस रोकी चेकजाँच गर्ने क्रममा उक्त बसमा सवार थापाले बोकी ल्याएको खैरो झोला भित्र लुकाई छिपाई राखिएको अवस्थामा नुफिन ६८ एम्पुल, फेनरागन ६९ एम्पुल र डाईजेपाम ६९ एम्पुल गरी जम्मा २०६ एम्पुल लागुऔषध फेला नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानकारी दिएको छ ।

प्रहरीले लागुऔषध सहित थापालाई पक्राउ गरी जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिमको कसुरमा म्याद थप गरी अनुसन्धान कार्य गरिरहेको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.