पालुङटारमा हेल्मेट डक्टर कार्यक्रमकाे समापन

गाेरखाकाे पालुङटार नगरपालिकामा सञ्चालित हेल्मेट डक्टर सहयाेग कार्यक्रमकाे समीक्षा तथा शुभकामना अादान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।
नेपाल मेड जर्मनीका सदस्य एवं नेपल मेड नेपालका अध्यक्ष तथा अांपपिपल अस्पतालका प्रशासकीय अधिकृत बाबुराम गिरीकाे अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा पालुङटार नगरपालिकाका नगर प्रमुख बिबस चिन्तन, उप प्रमुख बन्दना पाण्डे, प्रमुख प्रशासकिय अधिकृत गाैतम भण्डारी समेतकाे उपस्थिति रहेकाे थियाे ।
कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा बाेल्दै नगर प्रमुख चिन्तनले कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताउनुभयाे । साथै निरन्तरता दिने क्रममा पालिकाकाे तर्फबाट गर्नुपर्ने सहयाेगकाे लागि तयार रहेकाे पनि बताउनुभयाे ।

साे कार्यक्रममा नेपाल बिकास समाजका ब्यवस्थापक कालीदास न्याैपाने  ले नेपाल बिकास समाजकाे स्थापना तथा यसका कार्यक्रमकाे अाैचित्यका बारेमा जानकारी गराउनुभएकाे थियाे ।
पालुङटार नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्णप्रसाद अधिकारीले परियाेजनाकाे उपलब्धिका बारेमा जानकारी गराउनुभएकाे थियाे ।
डा. बिजय धितालले  हेल्मेट डक्टर परियाेजना अन्तर्गत गरिएका कार्यक्रमहरूकाे बारेमा जानकारी गराउनुभएकाे थियाे । नगरपालिका भित्र रहेका बिभिन्न स्वास्थ्य संस्थाहरूमा पुगेर डाक्टरहरूले भिडियाे एक्स रे सहितका सेवा प्रदान गरिएकाे पनि उहाँले बताउनुभयो । बिगत ३ बर्षदेखि सञ्चालित कार्यक्रमकाे अबधीभरमा १९९० जनाले प्रत्यक्ष सेवा लिएकाे पनि उहाँले बताउनुभयाे ।
कार्यक्रममा नगरपालिका भित्र रहेका सबै स्वास्थ्य संस्थाका प्रमुखहरूकाे उपस्थिति रहेकाे थियाे ।       

Back to top button
Close