एकिकृत अखिल नेपाल शिक्षक संगठन पालुङटारकाे दाेश्राे अधिबेशन सम्पन्न

अध्यक्षमा पुनः टेक बहादुर अधिकारी

गाेरखा

एकिकृत अखिल नेपाल शिक्षक संगठन पालुङटारकाे दाेश्राे अधिबेशन सम्पन्न भएकाे छ ।

संगठनका अध्यक्ष टेक बहादुर अधिकारीकाे अध्यक्षतामा सम्पन्न भएकाे अधिबेसनमा प्रमुख अतिथिकाे रूपमा बाेल्दै ने क पा माअाेबादी केन्द्रका केन्द्रीय सदस्य खाेप बहादुर कंडेलले शैक्षिक उन्नयनका लागि संगठन लागि पर्नुपर्ने बताउनुभयाे । साेहि अबसरमा पालुङटार नगरपालिकाका नगर प्रमुख बिबस चिन्तन ले शैक्षिक गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयाे । कार्यक्रममा नेपाल शिक्षक संघ पालुङटारका अध्यक्ष चेतनाथ पन्त, वडा नं १० का वडाध्यक्ष रिखिराज धाैराली, लक्ष्मी मा.वि. गाईखुरका प्रधानाध्यापक राजन भट्टराई, एकिकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिवालय सदस्य टिकाराम श्रेष्ठ लगायतकाले शुभकामना मन्तब्य राखेका थिए ।

अधिबेसनबाट टेक बहादुर अधिकारीकाे काे अध्यक्षतामा २५ सदस्यीय नगर कार्यसमिति गठन गरेकाे छ । जसकाे बरिष्ट उपाध्यक्षमा रमेश खडका, उपाध्यक्षमा बिष्णु मरहट्टा,महिला उपाध्यक्षमा रञ्जना कंडेल सचिवमा रमेश राेका, अर्थसचिवमा अनिल पाेखरेल रहेका छन । त्यस्तै गरी सदस्यहरूमा गजेन्द्र भट्ट, प्रबाशबाबु परियार,रामहरि देवकाेटा,निल कुमार श्रेष्ठ, अमर गैरे,रबिन्द्र कंडेल, टंक भट्ट, प्रविन तिवारी,प्रकाश न्याैपाने, मैयां घिमिरे, शुष्मा अधिकारी, संझना देवकोटा, सरला सापकोटा र ज्ञानेन्द्र श्रेष्ठ, राजेन्द्र देवकाेटा, गाेकुल थापा,प्रकाश सिलवाल, दिलमाया कुमाल र सुकमाया वि.क. रहेका छन ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker