भवानी बहुमुखी क्याम्पसमा सञ्चालित साविक उच्च मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगितामा अमर ज्योती जनता मा.वि. प्रथम

आठौं संविधान दिवस २०७९ को पावन आवसरमा भएको अन्तर मा.वि. स्तरीय हाजिरी जवाफ प्रतियोगितामा अमर ज्योती जनता माध्यमिक विद्यालय प्रथम भएको छ ।

भवानी बहुमुखी क्याम्पस पालुङटार ५ ठाँटिपोखरीले आयोजना गरेको प्रतियोगितामा पालुङटार नगरपालिका, सिरानचाेक गाउँपालिका, राइनास नगरपालिका र तनहुँका गरी १५ विद्यालय सहभागी थिए । उक्त प्रतियोगितामा अमर ज्योती जनता मा.वि. १५५ अंकको साथमा प्रथम भएको भवानी बहुमुखी क्याम्पसका अतिरिक्त कार्यक्रम संयोजक किरण गिरीले बताउनु भयो ।

प्रतियोगितामा पहिलो चरणबाट उत्कृष्ट ८ विद्यालयलाई सेमिफाइनलमा लगिएको र सेमिफाइनलबाट उत्कृष्ट ४ लाई फाइनलमा लगिएको संयोजक गिरीले जनाकारी दिनु भयो । कार्यक्रमका प्रमुख अतिथी पालुङटार नगरपालिकाका नगर प्रमुख विवश चिन्तनले प्रथम हुने अमर ज्योती जनता माध्यमिक विद्यालयलाई नगद रु ६ हजार सहित शिल्ड र प्रमाणपत्र प्रदान गर्नु भएको थियो । त्यस्तै प्रतियोगितामा ६५ अंकको साथमा जनता माध्यमिक विद्यालय आँपपिलले द्धितृय स्थान हाँसिल गरेको छ, उसले नगद रु ४ हजार ५ सय सहित प्रमाणपत्र प्राप्त गरेको छ ।

प्रतियोगिताको तृतिय स्थान ४५ अंकको साथमा अकला माध्यमिक विद्यालय धुँवाकोट रहेको थियो । धुँवाकोटले नगद रु ३ हजार सहित प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा ज्ञानोदय माध्यमिक विद्यालय साँहिलीटारले ३५ अंकको साथमा सान्त्वना स्थान हाँसिल गरेको छ । साँहिलीटारलाई नगद रु १ हजार ५ सय सहित प्रमाणपत्र प्रमुख अतिथी विवश चिन्तनले वितरण गर्नु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी विवश चिन्तनले करिब करिब हराइसकेको हाजिरी जवाफ प्रतियोगिता गरेको प्रती खुसी व्यक्त गर्दै भवानी बहुमुखी क्याम्पसलाई धन्यवाद ज्ञापन गर्नु भयो । उहाँले अहिलेका विद्यार्थीहरु सामाजिक सञ्जालमा र गेम खेल्नमा मात्र रम्ने गरेको भन्दै पढाइको स्तर खस्केकोमा दुःख व्यक्त गर्नु भयो । उहाँले पालिका भित्रका जेहेन्दार र मिहेनेती विद्यार्थीहरु जो केही यदि पढ्न नपाएर बसेको भए नगरपालिका र आफ्नो व्यक्तिगत सहयोग गरेर समेत पढ्न बाट बँञ्चीत हुनु नपर्ने बताउनु भयो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथी भवानी बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष जुद्धविलास भण्डारीले कार्यक्रममा बोल्दै अब विद्यार्थीहरु किताबी किरोमात्र हुन नहुने जिकिर गर्नु भयो । उहाँले विद्यार्थीहरु अतिरिक्त कृयाकलापहरुमा पनि पढाइ सँगसँगै जोडिनु पर्नेमा जोड दिनु भयो । भवानी बहुमुखी क्याम्पसलाई सबै मिलेर पालुङटारकै शैक्षिक धरोहर बनाउनका निम्ती पनि आग्रह गर्नु भयो ।
कार्यक्रमको सभापति भवानी बहुमुखी क्याम्पसका अध्यक्ष प्रकाश खनाल रहनु भएको कार्यक्रममा क्याम्पस प्रमुख चेतनाथ पन्त, विद्यार्थी तथा सहभागी विद्यालयका शिक्षकहरुले मन्तव्य राख्नु भएको भएको थियो ।

भवानी बहुमुखी क्याम्पसका साहायक क्याम्पस प्रमुख बिष्णु आचार्यले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संञ्चालन क्याम्पसका साहायक क्याम्पस प्रमुख पिताम्बर देवकोटाले गर्नु भएको थियो ।

भवानी बहुमुखी क्याम्पसले आयोजना गरेको कार्यक्रमको पुरस्कार प्रायोजक साहित्यकार नगेन्द्र न्यौपानेले गर्नु भएको थियो । उहाँ शोभाकर स्मृति प्रतिष्ठान पालुङटार ४ लुइटेल, गोरखाको संरक्षक हुनु हुन्छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker