च्याङली बचत तथा ऋण सहकारीकाे ११अाैं बार्षिक साधारणसभा सम्पन्न

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ मा क्रियाशील रहेकाे च्याङली बचत तथा ऋण सहकारी संस्था लि. काे ११अाैं बार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।

पालुङटार नगरपालिकाका नगरप्रमुख बिवस चिन्तनकाे प्रमुख अातिथ्यतामा साधारणसभा सम्पन्न भएकाे थियाे । साधारणसभामा बाेल्दै नगरप्रमुख चिन्तनले शेयर सदस्यहरूलाइ स्वराेजगार बनाउन सहयाेग गर्नुपर्ने बताउनुभयाे । अधिकाँश सहकारीहरूले उदेश्यअनुरूप काम नगरेकाे उहाँले बताउनुभयाे । समूहमा काम गरी राेजगारी सिर्जना गर्न समेच सहकरीले सुझाव दिनुभएकाे थियाे ।

संस्थाका अध्यक्ष बसन्त कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न साे साधारणसभामा संस्थाकी सदस्य छवि श्रेष्ठले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । त्यस्तै गरी मझुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, सल्लाहाकार नारायण कुमार श्रेष्ठ लगायतकाले शुभकामना मन्तव्य राखेका थिए ।

सभाबाट अध्यक्ष बसन्त कुमार श्रेष्ठकाे अागामी बर्षकाे कार्ययेाजना, काेषाध्यक्ष इश्वरकुमार श्रेष्ठकाे अार्थिक प्रतिवेदन र सचिव गणेशलाल श्रेष्ठकाे प्रतिवेदन पारित गरिएकाे थियाे ।

सभाले शेयरधनीमध्येबाट जेष्ठ हुनुभएकी सरस्वती श्रेष्ठलाइ दाेसल्लासहित सम्मान पत्र प्रदान गरकाे थियाे । त्यस्तै गरी शेयरधनीका छाेराहरूमध्येबाट एस इ इ परीक्षामा उत्कृष्ट अंक ल्याउने गणेश परियारका छाेरा सुदिप परियार र छाेरीहरूमध्येबाट शुक्र बहादुर बि.क.काे छाेरी सृष्टि बि.क.लाइ नगद रू.१ हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएकाे थियाे ।

साधारणसभा पालुङटार ७ नयाँपुलमा रहेकाे म्याङगाे गार्डेन रिसाेर्टमा भएकाे थियाे ।

 

Facebook Comments Box
By गोर्खा संसार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.