Trending

नेपाल आदिवासी जनजाति गाउँ समन्वय परिषद आँबुखैरेनीको चौंथो अधिबेशनको उद्घाटन सत्र सम्पन्न ।।

आँबुखैरेनी, २२ भदौ ।                                                        नेपाल आदिवासी जनजाति गाउँ समन्वय परिषद आँबुखैरेनीको चौंथो अधिबेशनको उद्घाटन सत्र सम्पन्न भएको छ । तनहुँ उद्योग वाणिज्य संघ आँबुखैरेनी बजार इकाईको सभाहलमा परिषदका अध्यक्ष रेशम बहादुर भुजेलको सभापतित्वमा सन्चालन भएको अधिबेशनको एक कार्यक्रमकाबिच प्रमुख अतिथि नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषदका अध्यक्ष बसुन्धारा घर्तीले उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा परिषदका अध्यक्ष घर्तीले जिल्लामा ६५ प्रतिशत र यस आँबुखैरेनी गाउँपालिकामा ८० प्रतिशत जनजातिको बहुल्यता रहेकोले केन्द्र, प्रदेश, जिल्ला तथा स्थानीय तह अन्तर्गत राज्यको हरेक निर्णायक तहमा विभिन्न व्यक्तित्वहरुलाई पुर्याउनका निम्ति आदिवासी जनजातिले महत्त्वपूर्ण भुमिका खेलेको बताउनुभएको छ । तनहुँ जिल्लामा यति धेरै आदिवासी जनजातिको बाहुल्यता रहे पनि सधै पछाडी पर्नु र पछाडि परेको आदिवासी जनजातीलाई सक्रिय गराउन राज्यबाट प्राप्त बजेट मार्फत विभिन्न उपयोगी मुलक कार्यक्रम संचालन गर्न आवश्यक रहेको घर्तीले बताउनुभएको छ ।अधिबेशनमा परिषदका कोषाध्यक्ष तिल कुमारी थापाले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषदका अध्यक्ष बसुन्धारा घर्ती, जिल्ला परिषदका निबर्तमान उपाध्यक्ष हस्त बहादुर किजिम मगर, आँबुखैरेनी गाउँपालिका नि बर्तमान अध्यक्ष गिर बहादुर थापा, नि बर्तमान उपाध्यक्ष पुष्पादेवी श्रेष्ठ, आँबुखैरेनी गाउँपालिका वडा नं २ का वडाध्यक्ष कटक बहादुर थापा, वडा नं ४ का वडाध्यक्ष नेत्र बहादुर गुरुङ, गाउँ समन्वय परिषदका उपाध्यक्ष कमल थापा मगर, गाउँ समन्वय परिषदका सचिव मिलन भुजेल, तामाङ समाजका अध्यक्ष कृष्णमान तामाङ, आदिमुल मन्दिरका कृष्ण बहादुर भुजेल, नेवा खलका शुभ लक्ष्मि श्रेष्ठ, तमु समाजका काजी कुमार गुरुङ, लायन्सका सुरेन्द्र श्रेष्ठ, नेवार समाजका बाबुराम श्रेष्ठ, मीन शोभा गुरुङ लगाएतकाको उपस्थिती रहेको थियो ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker