Trending

चितुवाको आक्रमणबाट बन्दीपुर १ का बालक गम्भीर घाइते

चितुवाको आक्रमणबाट  एक बालक गम्भीर घाइते भएका छन् । तनहुँको बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित उपल्लो फाँट नजिकै चितुवाले बालकलाई आक्रमण गरेर घाइते बनाएको हो ।

चितुवाको आक्रमणबाट स्थानीय  ३ बर्षका सुलभ परियार गम्भीर घाइते भएका हुन् । परियारको अबस्था चिन्ताजनक रहेको छ । आफ्नै घरको आगनमा खेलीरहेका बेला बालकलाई चितुवाले आक्रमण गरेको थियो ।

बालक चिच्याएपछि आमाले दौडदै चितुवाबाट बच्चालाइ खोस्न सफल भएको स्थानीयको भनाई छ । आक्रमणबाट बालकको टाउको, अनुहार र गर्धनमा चोट लागेको छ ।  घाइतेको डुम्रेस्थित माेती मेडिकलमा  प्राथामिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको प्रहरीले जनाएको छ ।

Back to top button
Skip Add
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker